कास्कीमा एसएलसी सहभागी १२ दृष्टिविहिन र ११ सुस्तश्रवण पास

सागर राज तिमिल्सिना/पोखरा, २८ जेठ/कास्कीका एसएलसी परिक्षामा सहभागी दृष्टिविहिन १२ जना र सुस्तश्रवर्ण ११ जना विद्यार्थीहरु सबै पास भएका छन् । दृष्टिविहिनहरुले १ जना विशिष्ट श्रेणी, १० जना प्रथम, १ जना दोस्रो र सुस्तश्रवर्ण भएका ११ जना दोस्रो श्रेणीमा पास भएका छन् । दृष्टिविहिन पोखराको अमरसिह उच्च माविबाट परिक्षामा सहभागी भएका थिए भने सुस्तश्रवर्णका विद्यार्थी सृजना उच्च माविबाट सहभागीता जनाएका थिए ।

कास्की जिल्लामा नियमित तर्फ ९ हजार ९ सय २३ जना र एजामिनेटेड तर्फ ९ सय ८५ जना गरी १० हजार ९ सय ४७ जना विद्यार्थीहरु सहभागी जनाएका थिए । कास्कीबाट खुला विद्यालयबाट ६५, दृष्टिविहिन १२ जना र सुस्तश्रवर्ण ११ जना विद्यार्थीहरु परिक्षमा सहभागी भएका थिए ।

पश्चिमाञ्चलबाट यस वर्षको एसएलसी परिक्षामा १ लाख ८ सय २ जना परिक्षामा सहभागीता जनाएका थिए । परिक्षामा नियमित तर्फ ८३ हजार २ सय ८९ र एजामिनेटेड तर्फ १७ हजार ५सय १३ जना विद्यार्थी रहेका थिए ।

कमेन्टहरु
Loading...