पोखरा, २२ कात्तिक /कास्कीको कास्कीकोट कश्यप तपोवन धाममा एक दिने निःशुल्क योग शिबिर हुने भएको छ । कात्तिक २७ गते शनिवार पोखरा र आसपासका योग गुरुहरुले निःशुल्क रुपमा योगको प्रशिक्षण दिने भएका छन् ।
स्वास्थयका लागि योग मनको शान्तिका लागि योग भन्ने नारा सहित कश्यप धाम – कश्यप मेडीटेशसन स्पोर्टमा योग शिबिरको आयोजना गरेको हाम्रो कास्कीकोट युवा संजालका संयोजक चन्द्र वस्ताकोटीले बताए । सहभागीहरुलाई योग गर्न मिल्ने खुल्ला कपडा सहित वस्नको लागि म्याटको पनि व्यवस्था आफै गर्न पनि आयोजकले आग्रह गरेको छ ।
योग शिबिरमा लागि वालहरी शर्मा सुवेदीको संयोजकत्वमा रेशम गिरी, राजु कार्की योग गुरु मित्रलाल सुवेदी ओम प्रकाश सुवेदी सदस्य र कृष्ण प्रसाद उपाध्या, ठाकुर प्रसाद त्रिपाठी पोखरा कास्कीकोट सम्पर्क मञ्चका शालिकराम अधिकारी सल्लाहाकार रहने गरी योग व्यवस्थापन समिति निमार्ण गरेको बस्ताकोटीले जानकारी दिए । कश्यप तपोवन जहा कश्यप ऋषीले तपस्या गरेर उन्कै नामबाट कास्की जिल्लाको नामकरण भएको जन विश्वास रहेको छ ।