शिशाघाटमा स्वास्थ्य शिविर, सात सयको स्वास्थ्य परिक्षण

पोखरा, २१ कात्तिक / कास्की, तनहु र लमजुङको सीमा क्षेत्रमा पर्ने तनहुको श्याम्घा –४ शिशाघाटमा संचालन गरिएको निशुल्क श्वास्थ्य शिविरवाट सो क्षेत्रका ६ सय ५० जनासर्वसाधारणले स्वास्थ्य परिक्षण गराएका छन् ।  गाँउमा स्वास्थ्य शिविर संचालन हुँदा ठूलै अस्पताल संचालनमा आएजस्तै गरि त्यहाका जनताले दिनभरी लाईन लगाएर आफ्नो स्वास्थ्य जाँज गराएका हुन् ।

तनहुँको शिशाघाटमा जन्मीएर पोखरालाई कर्मथलो वनाउदै आएका अर्जुन नागिला र अमर नागिलालाले शिविरको चाँजो पाजो मिलाएका हुन् । अर्जुन र अमर दुई दाजु भाईको आग्रह अनुसार लायन्स क्लव अफ पोखरा अन्नपुर्ण सो क्षेत्रमा शिविर संचालन गर्न सहमत भएको थियो । शिविरलाई व्यवस्थीत वनाउन स्थानीय ग्लोवल शिशाघाट स्पोर्ट क्लव र महेन्द्र ज्योती मावि पनी लागी परे ।

शिविर संचालनका लागी पोखरामा रहेको फिस्टेल हस्पीटलले प्राविधिक सहयोग गरेको थियो । शिविरमा वरिष्ठ जनरल सर्जन डा प्रदिप घिमिरे, हाड, जोर्नी नशा तथा मेरुदण्ड रोग विशेषज्ञ डा भोला श्रेष्ठ, मृगौला रोग विशेषज्ञडा अभिषेक मास्के, स्त्री तथा प्रसुती रोग विशेषज्ञ आशिका श्रेष्ठ, वालरोग विशेषज्ञ चिरायु नारायण भारी, दन्त रोग विशेषज्ञ दुर्गा काफ्ले, वायो केमिष्ट डा अमर नागिलाले विशेषज्ञ सेवा प्रदान गरेका थिए । यस सँगै मेडिकल अफिसर राजन वस्नेत, प्रतिभा रञ्जित, र लिसा पुनले पनी शिवरमा सहयोग गरेका थिए ।

शिविर संचालन भएपनी ल्याव तथा प्रयोगशालाको निशुल्क सेवाले अस्पताल नै संचालनमा रहेको जस्तो आभास मिलेको थियो । एक्सरे सेवा, रगत, पिसाव, सुगर, युरिक एसिडको परिक्षण तथा मुटुको चाल जाँच गरिएको थियो । सवैभन्दा धेरै २५० जनाले हाड, जोर्नी नशा तथा मेरुदण्ड रोग सम्वन्धी जाँच गरेका थिए । सो अवसरमा ४० जनाको ईसिजी, एक सय ५० जनाको भिडियो एक्सरे र एक सय १० जनाको ल्याव टेस्ट गरिएको थियो । कास्कीको सिद्ध , तनहुँको श्याम्घा, क्यामीन, लमजुङको समिभञ्ज्याङ, रम्घा र सुर्यपाल गाविसका सर्वसाधारण शिविरमा परिक्षण गर्न आएको लायन्स क्लव अन्नपुर्णका अध्यक्ष रविन्सन प्रजुले वताए ।

स्वास्थ्य परिक्षण गराएका सर्वसाधारणले रोग अनुसारको औषधी पनी निशुल्क नै पाए । विरामीको प्रकृती हेरी उनीहरुलाई वढीमा एक महिनासम्म पुग्ने औषधी वितरण गरिएको थियो । सवै विरामीलाई गरी करिव आठ लाखको औषधी निशुल्क वितरण गरिएको फिस्टेल असपतालका संचालक डा भोला श्रेष्ठले वताए । स्वास्थ्य शिविरमा सर्वसाधारणको सहभागितावाट उत्साहित वनेका डा. श्रेष्ठले आगामी दिनमा समेत सो क्षेत्रमा शिविर संचालन गर्ने प्रतिवद्धता ब्यक्त गरे । शिविर समापनका लागी त्यहा पुगेका लायन्स क्लवका एम जे एफ धनराज आचार्यले हामी सेवा गर्छौ भन्ने भावनाले स्थापित लायन्स क्लवले स्वास्थ्य शिविर संचालन गरेर सर्वसाधारणमा ठुलो राहत पुगेको विश्वास व्यक्त गरे ।

कमेन्टहरु
Loading...