पोखरा, २० कात्तिक.प्याराग्लाईडीङ सिक्दै गरेका पोखराका एक युवाको स्याङजाको स्वरेकमा दुर्घटनामा परी मृत्यु भएको छ । पोखरा ६ लेकसाइडका २५ बर्षीय शैलेष पहारीको प्याराग्लाईडीङ सिक्दै गर्दा दुर्घटनामा परी मृत्यु भएको स्याङजा प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार दिउसो करीब ३ बजे स्वरेक मैदानबाट एक्लै प्यराग्लाईडीङ गरेका पहारी अनियन्त्रित भई रुखमा ठोकिन पुग्दा दुर्घटनामा परेका थिए । घाइते पहारीको उद्धार गरी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पोखराको व्लु स्काई प्याराग्लाईडीङ कम्पनीबाट १५ दिने कोर्ष सिक्दै गरेका थिए । १५ दिने प्रशिक्षणको क्रममा १२ औं दिनमा स्वरोक मैदानबाट प्याराग्लाईडीङ गर्दा दुर्घटना भएको कम्पनीले जानकारी दिएको छ । सव हाल पोष्टमाटमको लागि जिल्ला अस्पताल स्याङजामा राखिएको छ ।