सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकनको तेस्रो चरणको अडिसन शुरु

पोखरा, २८ जेठ / सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकनले अडिसनको तेस्रो खुड्किलो चढेको छ । दुई चरणको अडिसन पार गरेर आएका गायन प्रतिभाहरुले चौथो चरणको लागी भिड्दैछन् । सोमबारदेखि शुरु भएको तेस्रो चरणको पहिलो दिनको अडिसनमा ३१ जना गायन प्रतिभाहरुले आफ्नो प्रतिभा देखाए । ९ जना एलिमिनेट भएपछि चौथो चरणका लागी भने २२ जना मात्र छनौट भए । प्रतियोगितामा तेस्रो चरणको अडिसनसम्म जम्मा ७६ जना प्रतियोगीहरुमात्र छनौट भएका थिए ।

IMG_4961‘कुल ७ सय ७० बाट १ सय ३० अनि त्यसपछि ७६ जना प्रतियोगीहरु तेस्रो चरणको अडिसनसम्म आईपुगेका थिए ।’ विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘अझै १६ वटा अडिसन पार गरेपछि मात्रै यो सँस्करणको विग आईकन छनौट हुनेछ ।’ निर्णायकहरुका अनुसार पनि यसपालीको विग आईकनमा सहभागिता जनाउने गायन प्रतिभाहरु निकै प्रतिभावान छन् । चौथो सँस्करणको विग आईकनमा संगीतकर्मी सुनील थापा र गायक विनोद बाँनिया निर्णायकको रुपमा रहेका छन् ।

यो पटकको विग आईकनका विजेताले १ लाख ५० हजार रुपैँया मुल्य बराबरको
पियाजिओ स्कुटर प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया र तेस्रोले ५० हजार रुपैँया प्राप्त गर्ने एफएमले जानकारी दिएको छ ।चौथो सँस्करणको ‘सामसुङ ग्राण्ड विग आईकन’लाई सामसुङ ग्यालेक्सी ग्राण्डले मुख्य प्रायोजन गरेको छ भने मोबाईल मेसेन्जर निम्बजले सहप्रायोजन गरेको छ । त्यस्तै काठमाण्डौमा अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आईरहेको दि ब्रिटिस कलेज, थापाथली विशेष सहयोगीको रुपमा सहकार्य गरिरहेको छ ।

उप–प्रायोजकमा विश्व प्रसिद्ध इटालियन स्कुटर÷बाईक पियाजियो, भेस्पाको अधिकृत विक्रेता रबि अटोमाबाइल्स नयाँबजार, पोखरा, स्टडी अब्रोड र टेस्ट प्रिपिरेसन सम्बन्धी सेवा दिइरहेको अग्रणी शैक्षिक संस्था ट्रिनिटी एजुकेशन फाऊण्डेसन बाँस्तोलाथर, महेन्द्रपुल पोखरा रहेका छन् । प्रतियोगितामा सह प्रायोजकको रुपमा शैक्षिक परामर्श केन्द्र साकुरा जापानिज ल्यांगवेज सेन्टर महेन्द्रपुल पोखरा रहेको छ । त्यस्तै स्यालुट गोर्खा र अतित गिफ्ट एण्ड एक्वारियम शपले विशेष सहयोग गरेका छन् ।

त्यस्तै बैंकिग पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक पोखराले सहकार्य गरेको छ भने रेस्टुरेन्ट तथा भेन्यु पार्टनरको रुपमा स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज बार बिएम कम्प्लेक्स न्युरोड रहेको छ । प्रतियोगिताको ट्राभल पार्टनरको रुपमा संजोग ट्राभल्स ट्राभल्स, टिकट तथा टुर्स पार्टनरको रुपमा ‘एम वे टुर्स एण्ड ट्राभल्स’, होटल पार्टनरको रुपमा होटल बाराही लेकसाईड, रहेका छन् । त्यसैगरि मिडिया पार्टनरहरुमा एभिन्यूज टेलिभिजन, नयाँ पत्रिका रहेका छन् भने साउन्ड पार्टनरको रुपमा एसके साउन्ड रहेको छ । प्रतियोगिताको अनलाईन पार्टनरको रुपमा कस्तो रमाईलो डटकम र एजुकेशनसंसार डटकम रहेका छन् ।

कमेन्टहरु
Loading...