गोर्खा सैनिक नेपाल र भारत मित्रताको महत्वपुर्ण आधार – मुखर्जी

सागर राज तिमिल्सिना
पोखरा, १९ कात्तिक/भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउन पूर्व गोर्खा सैनिकहरुको महत्वपुर्ण भुमिका रहेको बताएका छन् । उनले नेपाल र भारतको मित्रताको आधार स्तम्भ पूर्व गोर्खा सैनिक भएको बताए । पोखरामा शुक्रबार भूपू गोर्खाहरुलाई सम्बोधन गर्दै उनले प्राचीनकालदेखि नै नेपाल र भारतबीच घनिष्ठ, बहुमुखी सामाजिक र सांस्कृतिक सम्बन्ध रहँदैआएको बताए ।

उनले शान्ति र विकासका लागि नेपाल अघि बढिरहेको र यसमा भारतको सधैँ सहयोग रहने उल्लेख गरे । उनले हाल पनि भारतीय सेनामा ३२ हजार नेपाली सेना कार्यरत् रहेको जानकारी दिँदै एक लाख २६ हजार जना सेवा निवृत्त भएको र उनीहरु तथा उनका परिवारले पेन्सन प्राप्त गरिरहेको बताए ।

उनले भारतीय पूर्व सैनिकका लागि कल्याणकारी योजना चलिरहेको बताए । उनले गत वर्षको डिसेम्बर ३१ मा भएको निर्णयअनुसार मूल पेन्सनमा अढाई गुना वृद्धि भएको जानकारी दिए । नेपालमा शिक्षा, स्वास्थ्य, यातायात क्षेत्रमा भारतले सहयोग गर्दैआएको उल्लेख गर्दै भारतीय सेनाका आश्रित बालबालिकाको लागि छात्रवृत्ति प्रदान गर्दैआएको उल्लेख गरे ।

भारतमा नेपालीहरुले कत्र्तव्यनिष्ठापूर्वक सेवा गरेर नाम कमाएको भन्दै उनले नेपालीहरुको प्रशंसा गरे । भारतीय सैनिकको सर्वोच्च कमाण्डरको रुपमा वीर गोर्खाली सैनिकको अगाडि पोखरामा आएर पाउँदा बोल्न पाउँदा आफूलाई निकै गौरवान्वित महसुस भएको उनको भनाई थियो । उनले करिब १३ मिनेटको लिखित भाषण गरेका थिए । जनकपुरहुँदै पोखरा आएका मुखर्जीलाई पोखरा विमानस्थलमा दिउँसो भव्य स्वागत गरिएको थियो । पोखरा विमानस्तलबाट होटल ग्राण्डमा खाना खाए पछि कार्यक्रममा सरिक भएका थिए ।

गोर्खा सैनिक नेपाल र भारत मित्रताको महत्वपुर्ण आधार – मुखर्जी
गोर्खा सैनिक नेपाल र भारत मित्रताको महत्वपुर्ण आधार – मुखर्जी
गोर्खा सैनिक नेपाल र भारत मित्रताको महत्वपुर्ण आधार – मुखर्जी
गोर्खा सैनिक नेपाल र भारत मित्रताको महत्वपुर्ण आधार – मुखर्जी
गोर्खा सैनिक नेपाल र भारत मित्रताको महत्वपुर्ण आधार – मुखर्जी
गोर्खा सैनिक नेपाल र भारत मित्रताको महत्वपुर्ण आधार – मुखर्जी
कमेन्टहरु
Loading...