एसएलसीको नतिजा कहाँ हेर्ने ?

२८ जेठ, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरे लगत्तै परीक्षार्थी, अभिभावक र शिक्षकको ध्यान कम्प्युटर र मोबाइलमा केन्दि्रत भएको छ । केही वर्षअघिसम्म परीक्षाफल थाहा पाउन गोरखापत्रको भर पर्नुपर्ने बाध्यता थियो । गोरखापत्र बाहेक अन्यत्रबाट परीक्षाफल थाहा पाउन नसकिने भएकाले कतिपय ठाउँमा त नतिजा सार्वजनिक भएको दुई तीन दिनपछि मात्र परिणाम थाहा हुन्थ्यो । नतिजा सार्वजनिक भएको रात र भोलिपल्ट दिनभर गोरखापत्र संस्थापनमा पत्रिका किन्नेको भीड लाग्थ्यो । भीड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज नै गर्नुपथ्र्यो ।

SLC Exam Result 2070-2071 Updates: नतीजा जान्ने विभिन्न सेवाहरु बारे बुझ्न  तस्बिर क्लिक गर्नुहोस्
SLC Exam Result 2070-2071 Updates: नतीजा जान्ने विभिन्न सेवाहरु बारे बुझ्न तस्बिर क्लिक गर्नुहोस्

तर नयाँ प्रविधिसँगै यो बाध्यता हटेको छ । केही वर्षदेखि नै एसएलसीको नतिजा इन्टरनेट र एसएमएसबाट थाहा पाउन सकिने व्यवस्था शुरु भैसकेको छ । यसपाली त झन् परीक्षा नियन्त्रण कार्यालयले पत्रिकामा समेत नतिजा प्रकाशित नगर्ने भएको छ । कसैले सित्तैंमा छापेमा दिने, तर शुल्क तिरेर पत्रिकामा नतिजा नछाप्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

नतिजा यहाँबाट थाहा हुन्छ

परीक्षा नियन्त्रण कार्यालयले अघिल्ला वर्षहरुजस्तै यसपाली पनि आफ्नो, नेपाल टेलिकमको र अरु बिभिन्न निजी संघसंस्थाको वेवसाइट मार्फत एसएलसीको नतिजा थाहा पाउन सकिने व्यवस्था मिलाएको छ । नतिजा सार्वजनिक भए लगत्तै शिक्षा मन्त्रालयको www.moe.gov.np , शिक्षा विभागको www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np, नेपाल टेलिकमको slc.ntc.net.np बाट हेर्न सकिनेछ । www.ganthan.com

यस्तै नेपाल टेलिकमको १४००, बिभिन्न संघसंस्थाको ५००१, २७२२, ५५६६, २३३३, ४९४९ र ५२२५ मा एसएमस गरेर पनि नतिजा थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

नतिजा सजिलै थाहा पाउन सकिने वेवसाइट र एसएमस सेवा भएपनि विगतका वर्षहरुमा समयमै साइटमा नराख्ने र हृयांग हुने समस्या थियो । यसपाली यो समस्या दोहोरिएला या नदोहोरिएल नतिजा सार्वजनिक भएपछि मात्र थाहा हुन्छ ।

How to get SLC Result faster online?

कमेन्टहरु
Loading...