टोलटोलमा उज्यालो छर्न युनाइटेड क्लबको देउसीभैलो

पोखरा १२ कार्तिक/टोलटोलमा उज्यालो छर्ने उद्देश्यका साथ बिगत सात वर्षदेखि पोखराको अमरसिंहमा देउसीभैलो कार्यक्रम गर्दै आएको युनाइटेड क्लवले यसपालि पनि देउसीभैलो कार्यक्रमको आयोजना गर्ने भएको छ ।

शिक्षा, स्वास्थ्य, खेलकुद र पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा अग्रसर भइ पोखरा महोत्सवको आयोजना गर्दै आएको युनाइटेड क्लवले तिहारको अवसरमा (भोली) शनिवार पोखराको अमरसिंह चोकमा देउसीभैलो कार्यक्रमको आयोजना गर्न लागेको क्लवका सदस्य तथा देउसीभैलो कार्यक्रमका संयोजक दिनेश सुनारले जानकारी दिए ।

शनिवार सांझ ५ बजेदेखि ९ बजे सम्म अमरसिंह चोक हिमालय बंैक अगाडी आयोजना गरिने देउसीभैलो कार्यक्रममा पोखरामा रहेका राष्ट्रिय तथा स्थानिय लोकदोहोरी कलाकारद्धारा देउसीभैलो कार्यक्रम हुनुका साथै आदर्श कलाकेन्द्रद्धारा विविध नृत्यको आयोजना हुने समेत कार्यक्रम संयोजक दिनेश सुनारले जानकारी दिए ।

वढ्दो लोडसेडिङ र समाजमा देखिएका विभिन्न बिसंगतिहरुलाई न्युनिकरण गर्ने उद्देश्यले क्लवले अमरसिंह वरपरका टोलहरुमा सडक सोलार जडान गरी टोल टोलमा उज्यालो अभियान तर्फ अगाडी वरिहेको युनाइटेड क्लवले स्थापना कालदेखिनै तिहारको अवसरमा देउसीभैलो कार्यक्रमको आयोजना गरी विगत दुई वर्षबाट देउसीभैलो कार्यक्रमबाट संकलित रकम अमरसिंह वरपर रहेका टोलहरुमा सौर्यबत्ती जडान गर्न खर्च गरिरहेको क्लवका सचिव राजु श्रेष्ठले जानकारी दिए ।

दुई वर्ष अगाडी तिहारमा आयोजना गरिने देउसी भैलोबाट संकलित रकले पोखराको अमरसिंह चोकमा सडक सोलार जडान गरी सुरु गरेको अभियान यतिवेला अमरसिंह संगै जोडिएको माछापुच्छ्रे टोल, शान्ति पथ, कामना टोल, रामबजार पेन्सिन क्याम्प चोकदेखि एस ओ एस , अमरसिह लाइन र गोर्खालाइन मा सडक सोलार जडान गरिसकेको छ । क्लवले तिहारको अवसरमा देउसी भैलो बाट संकलन भएको रकम र क्लवबाट समेत आर्थिक सहयोग गरी टोल टोलमा सडक सोलार जडान अभियानलाई अगाडी सारिएको क्लवका अध्यक्ष सुक बहादुर गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...