हेटौंडाको नापी कार्यालयमा आगलागी, ३ घाइतेको उद्धार

हेटौंडा, १० कात्तिक/मकवानपुरको हैटौंडास्थित नापी कार्यालयमा बुधबार दिउसो आगलागी भएको छ । सानोपोखरास्थित भवनबाट ३ जनालाई घाइतेका उद्धार गरेको प्रहरीले जानकारी दिएको छ । आगो लाग्दा सेवाग्राही र कर्मचारीहरु कार्यालयभित्रै थिए ।

अहिले पनि कार्यालयमा आगलागी नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ । बिष्फोट भएको ठूलो आवाज सुनिएलगत्तै आगो लाग्न सुरु भएको थियो । तर, के पड्किएर आगो लागेको भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिजुली सर्ट भएको वा ग्यास पड्किएको अनुमान छ । अहिले हेटौंडा महानगरपालिकाको दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । भवनभित्रबाट धुवाँको ठूलो मुस्लो निस्किएको छ । आगलागीपछि हेटौंडाबासी त्रसित भएका छन् ।

तस्वीर ः दामोदर वाग्ले, अनलाइन खबरबाट

कमेन्टहरु
Loading...