अब कक्षा १० मा एसईसी र १२ मा एसएलसी

काठमाडौ, ६ कात्तिक/अब कक्षा १० को अन्तिम परीक्षालाई एसईसी र कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी नामाकारण गर्ने सहमति जुटेको छ ।

कक्षा १० र १२ को परीक्षालाई कुन रुपमा परिभाषित गर्ने भनी सरोकारवालसँग सुझाव लिन शिक्षा मन्त्रालयले शुक्रबार बैठक डाकेको थियो ।

बैठकले कक्षा १० मा माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेसन सर्टिफिकेट) अर्थात एसईसी सञ्चालन गर्ने निर्णय गरेको आजको गोरखापत्रमा समाचार छ । त्यस्तै कक्षा १२ मा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (स्कुल लिभिङ सर्टिफिकेट) अर्थात एसएलसी सञ्चालन गर्नेमा सहमति जुटेको हो ।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले एसएलसी १० र एसएलसी १२ गर्न प्रताव मन्त्रालयमा पठाएको थियो ।

कमेन्टहरु
Loading...