युवा उद्यमी अनुज बास्तोलालाई पितृशोक

पोखरा, ३ कार्तिक /युवा उद्यमी अनुज बास्तोलालाई पितृशोक परेको छ । युवा उद्यमी तथा समाजसेवी अनुज बास्तोलाको बुवा प्रजातन्त्र सेनानी टिकाराम बास्तोलाको ८७ बर्षको उमेरमा बुधवार निधन भएको हो । पोखरा ४ पराजुली मार्गमा आफ्नै घरमा बास्तोलाको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । स्वर्गीय बास्तोला २००७ सालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील थिए ।

प्रजातन्त्रको पक्षमा गरिएका आन्दोलनमा सक्रिय सहभागिता जनाउँने क्रममा बास्तोला जेल समेत परेको कास्कीका कांग्रेसका सचिव रामराज लामिछानेले जानकारी दिए । आन्दोलनमा क्रममा ०५४ सालमा जिल्ला प्रशासन कार्यालय घेराउगर्दा उनी घाइते भएका थिए । उनी २०१६ सालमा पोखरा ९ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

स्वर्गीय बास्तोलाले पोखरा ११ मा रहेको शिव शक्ति उच्च माविमा उच्च मावि सञ्चालनमा ठूलो भुमिका निर्वाह गर्नुका साथै सहयोग समेत गरेका थिएभने बास्तोला प्रतिष्ठान नेपालको संस्थापक केन्द्रिय अध्यक्ष समेत रहका थिए । बास्तोलाका पाँच छोरा र चार छोरी छन । उनको बिहीबार पोखरा तुल्सिघाटस्थित सेती नदीमा दाहसंस्कार गरिने बताइएको छ ।

कमेन्टहरु
Loading...