मालेपोत लेकसाइड जोड्ने पुल निर्माण हुने

पोखरा, २ कात्तिक /पोखरा ७ मालपोत र पोखरा ६ लेकसाइड जोड्ने फिर्केखोलामा पक्की पुल बन्ने भएको छ । १० मिटर लामो पुलको निर्माण तिहार पछि काम थाल्ने निर्माण पक्षले जानकारी दिएको छ ।

जिल्ला विकास समितिले १ करोड २९ हजारम निमार्ण हुन लागेको हो । पुलको कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले सोमबार शिलान्यास गरे ।

फिर्के खोलामाथि अहिलेको पुल होचो हुदा ठुलो पानी पर्दा माथिबाट भल आउने गरेको थियो । यो वर्ष र अघिल्ला वर्ष सोही पुलको भलले बगाएर दुई जनाको मृत्यु भएको थियो । आगामी बैशाख सम्ममा पुल सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

कमेन्टहरु
Loading...