पोखरा, २२ असोज /बजारमा किनमेल वा मेलामा जादै हुनुहुन्छ होस् गर्नु होस् । तपाईको पनि गहना चोरी हुन सक्छ । पोखराको टुडिखेलमा शुक्रबार मेलामा किनमेलका लागि जादाँ साढे ३ तोलाको सिक्रि चोरी भएको छ ।
पोखरा १ बगरकी ज्ञानकुमारी गुरुङको टुडिखेलमा किनमेल गरेर फर्किदा चोरी भएको हो । शुक्रबार साढे तीन देखि साढे चार बजे सम्म किनमेलका लागि जाँदा सिक्रि चोरी भएको हो ।
बजारमा निकै भिड् थियो, त्यही बेलामा कसैले सिक्रि चोरेर भागे छ आमाले थाहै पाउनु भएन छोरा विजय गुरुङले बताए । उनले निकै भिड भएका कारण सिक्रि हराउदा पनि थाहा नै नभएको उनले बताए । हराएको भन्दै उनले बगर प्रहरीमा उजुरी दिएको बताए ।