बेगनासतालको बाँध २८ वर्ष देखी मर्मत नुहा जीर्ण

पोखरा, २२ अजोज /हामी हाम्रा घर वा अन्य भौतिक संरचना जीर्ण हुनबाट जोगाउन केही वर्ष अन्तरालमा मर्मतसम्भार गर्छै। तर लेखनाथको बेगनास बाधँ एउटा यस्तो संरचना छ जुन बनेदेखि २८ वर्षसम्म मर्मत सम्भार गरिएको छैन। सोचौं त त्यसको अवस्था कस्तो होला ?

हाम्रालागि हामी नै बनाएका संरचनाले हामीमाथि नै खतरा निम्त्याउने त होइनन् भन्ने विषय पनि उठ्छ। यसको उचित समयमा उचित तरिकाले मर्मतसम्भार नगर्ने हो भनेपछि पछुताउनुबाहेक अन्य उपाय बाँकी रहँदैन। विषय हो सात तालको वाटिका सहर भनेर चिनिएको लेखनाथको प्रमुख र कास्कीको दास्रो ठूलो बेगनासतालमा निर्माण गरिएको बाँधको। विस २०४५ सालमा चीन सरकारको सहयोगमा निर्माण गरिएको पाँच सय ४० मिटरको बाँध बनेदेखि संरक्षणका नाममा मर्मत त परै जाओस् उल्टैं बाँध नै कमजोर हुने गरी दोहन भइरहेको छ।

बाँधभरि उम्रिएका झार र बाँध संरक्षणका लागि राखिएका ढुङ्गा पनि यत्रतत्र छरिएका छन्। बाँध निर्माणको समयमा तालतर्फ राखिएका ढुङ्गा कपडा धुने, नुहाउने र बल्छी खेल्नेहरूले आफनो अनुकूलमा यताउता सार्दा बाँध कमजोर भएको स्थानीयको गुनासो छ।

बेगनासताल
बेगनासताल

पूर्व राजा वीरेन्द्रले तामझामका साथ हेलिकप्टर नै बाँधमा अवतरण गरेर उद्घाटन गरिएको बाँधको बीचमा राखिएका फलामका रडहरू पहिला चार इन्च पुरिएका थिए। ती रड अहिले चार इन्चबाहिर निस्किएकाले बाँधको उचाइसमेत आठ इन्च घटेकाले बाँध कमजोर बनेको बेगनास युवा क्लबका अध्यक्ष मदनबाबु कोइरालाको भनाइ छ। केहीले त बाँध संरक्षणका लागि राखिएका ढुङ्गा व्यक्तिगत प्रयोजनका लागि घर लगेका छन् भने तालपारिका स्थानीयले बाँधमा ल्याएर ढुङगा, गिटी र वालुवा झार्ने डुङ्गामा सामान लैजादा बाँधका ढुङ्गासमेत लाने गरेकाले डुङ्गासमेत चोरी भएको कोइरालाको भनाइ छ।

बाँध संरक्षणको जिम्मा कस्को हो भन्नेबारे विषय उठे पनि तालमा निर्माण भएको बाँध वेवारिसेजस्तै बनेको गुनासो गर्छन् बेगनासताल डुङ्गाा व्यवसायी समितिका अध्यक्ष ढकनाथ कँडेल। बाँधको संरक्षण राष्ट्रिय ताल विकास समिति, लेखनाथ नगरपालिका, सिचाइँ विभाग वा जलस्रोत मन्त्रालय कसले गर्ने हो भन्ने एकीन नहुँदा बाँधको अवस्था दिन प्रतिदिन कमजोर भएको छ।

यता, होटल तथा रेष्टुरेण्ट एसोसियसन अफ लेखनाथका निर्वतमान अध्यक्ष दुर्गा अधिकारी बेगानसाततालको संरक्षण गर्ने जिम्मेवारी सबैको भएको बताउँछन्। उनले तालको सर्न्दर्य बढाउने गरी काम हुनपर्ने र जति सक्यो चाडो बाँधको संरक्षण गर्दै बाँध कमजोर हुनुका कारण पत्ता लगाएर संरक्षणको उपाय गर्नुपर्नेमा जोड दिए। ‘जनस्तरबाट बाँध कमजोर भएको गुनासो आएपछि गत वर्षमात्र २५ करोड लागत स्टमेट गरेर सिचाइँ विभागमा प्रपोजल पठाएका छौं’(बेगनास जल उपभोक्ता सस्थाका अध्यक्ष अक्कलबहादुर कार्कीले भने। उनले विभागबाट कुनै सुनुवाइ नभएको बताए।

लेखनाथ नगरपालिकाका कानुनी सल्लाहकार राममणि अधिकारी अधिकार खोज्ने बेलामा मेरो र तेरो भन्ने संरक्षण गर्ने सबालमा कोही पनि अगाडि नसरेका कारण दिन प्रतिदिन बाँ’ध कमजोर बनेको उल्लेख गर्दै भविष्यमा ठूलो विपत्ति नआउँला भन्न सकिने बताए। नगरपालिकाबाट सानो बजेटबाट मर्मत गर्न नसकिने भन्दै उनले सरकारी स्तरबाट नै रकम निकासा भएमात्र मर्मत गर्न सकिने अधिकारी बताउँछन्।

बाँध संरक्षणकै विषयमा सिचाइँ विकास डिभिजन कार्यालय पोखराका इन्जिनियर गोविन्द भुर्तेलले बाँध आफनै मातहतको बिभागबाट बनाएको र संरक्षण गर्ने दायित्व पनि आफूहरूकै भएकाले नीतिगत निर्णय नहुँदा संरक्षणमा ढिलाइ भएको तर्क गर्छन्। सरोकारवालाको आ९आफ्नै तर्क भए पनि सात तालको बाटिका सहरको रुपमा चिनिएको लेखनाथको सबैभन्दा ठूलो तालको बाँध फुटेमा यसले ठूलो विपत्ति निम्त्याउने निश्चित छ।

कमेन्टहरु
Loading...