माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीले गरे तालाबन्दी

पोखरा, २६ जेठ/नेकपा–माओवादी सबद्व अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारीले पोखरा विश्वविद्यालयको उपकुलपति र योजना शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको छ । अखिल क्रान्तिकारी विश्वविद्यालय विघटनको दिशातिर अघि वढाउने उद्देश्य स्वरुप वितरण गर्न लागेको अपारदर्शी र मनोमानी सम्वन्धन प्रक्रिया लगायतका बिषयहरुको अन्त्यको मागहरु समेटी वुझाएको मागपत्रको वेवास्ता गरेर बिश्वबिद्यालय प्रशासन अघि वढेको बिद्यार्थी संगठनले आरोप लगाएको छ ।

मागहरुलाई बिश्वबिद्यालय प्रशासनले वेवास्ता गरेको भनि आइतबार एक प्रेस बिज्ञप्ति जारी गर्दै पुर्वं निर्धारित संघर्षको कार्यक्रम अनुसार उपकुलपति र योजना शाखामा अनिश्चितकालिन तालावन्दि गरेको प्रेस बिज्ञप्तिमा जनाएकोछ ।

कमेन्टहरु
Loading...