पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठ सम्मानित

काठमाडौं, १९ असोज / पशु सेवा विभागको दोस्रो स्थापना दिवस तथा विश्व पशुपंक्षी दिवसको अवसरमा जिल्ला पशु सेवा कार्यालय कास्कीमा कार्यरत पशु स्वास्थ्य प्राविधिक सुरेश कुमार श्रेष्ठ सम्मानित भएका छन् ।

पशु सेवा विभाग ललितपुरमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा श्रेष्ठ सम्मानित भएका हुन् । पशुपंक्षी विकास मन्त्रालयका सचिव उत्तम कुमार भट्टराई र पशु सेवा विभागका महानिर्देशक डा. केशव प्रेमीले उत्कृष्ट कर्मचारीका रुपमा श्रेष्ठलाई सम्मान गरे ।

कार्यालयमा सेवा गर्ने क्रममा उत्कृष्ट काम गरेकाले उनलाई सम्मान गरिएको हो । श्रेष्ठ १८ वर्षदेखि पशु सेवा क्षेत्रमा प्राविधिकका रुपमा कार्यरत रहँदै आएका छन् । सम्मानले थप उत्कृष्ट काम गर्ने प्रेरणा मिलेको श्रेष्ठले बताए ।

कमेन्टहरु
Loading...