पृथ्वी राजमार्गमा पहिरो पोखरा आउने यातायात अवरुद्ध

तनँहु, १९ असोज /पृथ्वी राजमार्गमा पहिरो खसेर सडक अवरूद्ध भएपछि लामो लाइन लागेको छ । तनहुँको आबुखैरेनी ८ ऐनापहरामा बुधबार बिहान गएको पहिरोले पृथ्वी राजमार्ग भएर जाने सवारी साधनको लामो लाइन लागेको हो।

बिहान आठ बजे खसेको पहिरोले राजमार्ग पूर्णरुपमा बन्द भएको तनहुँ प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका अनुसार बिहान ८ बजेको समयमा खसेको पहिरो सय मिटर लामो खसेको छ। निकै ठूलो ढिस्को खसेकाले बाटो खुलाउन केही समय लाग्नसक्ने प्रहरीले जनाएको छ।

प्रहरीले स्काभेटर झिकाएर बाटो पन्छाउने काम गरिरहेको छ। अहिलेकै अवस्थामा बाटो खुलाउन करिब पाँच घण्टा लाग्ने देखिएको छ। पोखराबाट काठमाडौं, नारायणगढ लगाएतका क्षेत्रमा जादै गरेका र पोखरा आउदै गरेका यातायातका साधन जाम्मा परेका छन् ।

कमेन्टहरु
Loading...