नगरपालिकाले हाटबजार कर नलिने

पोखरा, १८ असोज /पोखरा उपमहानगरपालिका कार्यालयले यो वर्ष पनि हाटबजार कर नउठाउने निर्णय गरेको छ । गत वर्ष भुकम्प र नाकाबन्दीको कारण भेडाच्याङ्ग्राको हाट बजार कर उठाउने ठेक्का दिएको थिएन ।

यो दशै तिहारमा पनि नागरिकको माग अनुसार हाट बजार करको ठेक्का नदिने निर्णय गरिएको पो.उ.म.न.पाका कर अधिकृत शिवहरी शर्माले बताए । हाट बजार ठेक्कामा दिदा तोकिए भन्दा बढी कर उठाएर नागरिकलाई ठगी गर्ने गरिएको सन्दर्भमा व्यापक जनगुनासो आएकोले यो वर्ष पनि हाट बजार कर नलिने निर्णय गरिएको बताइएको छ ।

पोखरा उपमहानगरपालिकाको वडा नं. १ देखि २९ वडा सम्म भेडा च्याङ्ग्राको हाट बजार वा बाटो कहि पनि कुनै कर शुल्क लिन नपाइने र कहि कसैले लिएको खबर पाइएमा नियमानुसार कडा कारबाही गरिने पो.उ.म.नगरपालिकाका कानुन अधिकृत नारायण शर्माले बताए । स्थानिय स्वायत्त साशन ऐन २०५५ र नियमावली २०५६ अनुसार हाट बजार कर लिन पाउने प्रावधान भएपनि नागरिकको हितको लागी हटाइएको उनले बताए ।

कमेन्टहरु
Loading...