पोखरेली युवा साँस्कृतिक परिवारको टिकटमा मुक्तक

राजाराम पौडेल÷पोखरा, जेष्ठ २५/पोखरेली युवा साँस्कृतिक परिवारको आयोजनामा शनिबार पोखरामा टिकटमा मुक्तक कार्यक्रम सम्पन्न भएको छ । खचाखच भरिएका मुक्तक प्रेमीहरुमाझ पोखराका नवोदीत तथा स्थापीत मुक्तककारहरुले मुक्तक सुनाएका थिए । सिर्जनाको पनि मुल्य हुन्छ भन्ने मान्यताका साथ सञ्चालित कार्यक्रममा प्रस्तुत गरीएका मुक्तक सुन्नका निम्ति सबै उमेरका मुक्तकप्रेमी टिकट काटेर पोखरा उद्योग वाणीज्य संघको हलमा पुगेका थिए ।
1
झण्डै दुईघण्टासम्म चलेको वाचन गरीएका अधिकांश मुक्तक समसामयीक विषयबस्तुमा आधारीत थिए । केहि मुक्तकमा माया प्रेम झल्कीन्थ्यो भने केही अहिलेको राजनितीक अवस्थाप्रति व्यङ्ग प्रहार, अनि केहिमा राष्ट्र प्रतिको माया झल्कन्थ्यो ।
कार्यक्रममा तिर्थ श्रेष्ठ, हरिदेवी कोइराला, प्रकाश आङदब्बे, प्रकाश ज्ञवाली, सरस्वती प्रतिक्षा, भुपिन व्याकुल, मन क्षेत्री, तेजनाथ घिमिरे, राजेन्द्र थापा, कमल पौडेल अथक, हरिमाया पराजुली, परिवर्तन, कृष्ण उदासी, अल्पज्ञानी, दिपक समिप, डि आर शर्मा, दिपज्योती थापा, नारायण मरासिनी, शिव प्लास, इश्वरमणी अधिकारी, रेशम गीरी, रुद्र बहादुर थापा, विष्णु अल्पविराम, पवित्रा भण्डारी पारु, कृष्ण देवकोटा, बादल घिमिरे, सञ्जिव पौडेल, सुर्दशन अधिकारी, भिम रानाभाट, सुमन लम्साल, तिर्थ राज अधिकारी, आर आर चौलागाई, अर्जुन अधिकारी, राजिव रिमाल, शरण आशु, कपिल शर्मा सन्जोग, सुरेश रानाभाट, लक्ष्मण थापा, फडिन्द्र अङ्किचन, नुमराज बराल, सरला लामिछाने सरु, असफल गौतम, जिवनसागर भण्डारी, रुपिन्द्र प्रभावी कटु, उदिपरिाज ढुङ्गाना, विर्सना बस्नेत, अदिति शर्मा, डा.बसन्त गौतम लगायतका मुक्तककारहरुले आ–आफ्ना मुक्तक वाचन गरेका थिए ।
२०३५ माघ २० गते देखि पोखरेली युवा साँस्किृतीक परिवारले शुरु गरेको मुक्तक वाचन श्रृखला निरन्तर चलिरहेको छ । साहित्य कला र संगीतको उत्थान हाम्रो प्रण भन्ने उद्धेश्यका साथ २०३४ सालमा स्थापीत पोखरेली युवा साँँस्कृतीक परीवारको साहित्य कला र संगीतको क्षेत्रमा पोखरालाई परिचित गराउन मुख्य भुमीका रहदै आएको छ ।
कमेन्टहरु
Loading...