सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकन २०१३, दुई दिनमा ५४ जना तेस्रो चरणका लागी छनौट

पोखरा, 25 जेठ/शिखरमा पुग्नका लागी धेरै खुड्किलो चढ्न आवश्यक हुन्छ । शिखरमा पुग्ने सबैको चाहना हुन्छ । यद्यपी शिखरमा पुग्नका लागी आवश्यक तयारी नगर्नेहरु बिचमै रोकिनुपर्ने हुन्छ । चौथो सँस्करणको सामसुङ ग्यालेक्सी ग्राण्डको शिखरमा पुग्नका लागी यतिबेला गायन प्रतिभाहरु लामबद्ध भएर उकालो लागिरहेका छन् ।

IMG_0045पहिलो खुड्किलोबाट दोस्रो खुड्किलोमा आउनेहरु अहिले तेस्रो खुड्किलोमा चढ्नका लागी तछाँडमछाँड गरिरहेका छन् । प्रतियोगीतामा सबैले एक खुड्किलो पार गरेकै हुन् । यद्यपी शिखर चुम्नका लागी अझै १७ वटा सांगीतिक खुड्किलो पार गर्नैपर्ने हुन्छ । सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकन अन्तरगत विहिबारदेखि शुरु भएको दोस्रो चरणको अडिसनमा शुक्रबारसम्म ५४ जनाले अघिल्लो चरणको लागी कार्ड प्राप्त गरेका छन् । ४८ जिल्लाका कुल ७ सय ७० जनामध्येबाट छानिएका १ सय ३० जनाले दोस्रो चरणका लागी भिड्दैछन् । दोस्रो चरणको अडिसन शनिबार सकिने एफएमले जनाएको छ ।

निर्णायकहरुले समेत यो सँस्करणको विग आईकनलाई अघिल्ला सँस्करणको तुलनामा विशेष मानेका छन् । ‘यसपटक गायन प्रतिभा देखाउन आउने धेरै प्रतिभाहरु संगीतसम्बन्धि राम्रो ज्ञान लिएर आएको हामीले पाएका छौँ ।’ निर्णायकहरुले भनेका छन् । चौथो सँस्करणको विग आईकनमा संगीतकर्मी सुनील थापा र गायक विनोद बाँनिया निर्णायकको रुपमा रहेका छन् । यो पटकको विग आईकनका विजेताले १ लाख ५० हजार रुपैँया मुल्य बराबरको पियाजिओ स्कुटर प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया र तेस्रोले ५० हजार रुपैँया प्राप्त गर्ने एफएमले जानकारी दिएको छ ।

चौथो सँस्करणको ‘सामसुङ ग्राण्ड विग आईकन’लाई सामसुङ ग्यालेक्सी ग्राण्डले मुख्य प्रायोजन गरेको छ भने मोबाईल मेसेन्जर निम्बजले सहप्रायोजन गरेको छ । त्यस्तै काठमाण्डौमा अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आईरहेको दि ब्रिटिस कलेज, थापाथली विशेष सहयोगीको रुपमा सहकार्य गरिरहेको छ । उप–प्रायोजकमा विश्व प्रसिद्ध इटालियन स्कुटर÷बाईक पियाजियो, भेस्पाको अधिकृत विक्रेता रबि अटोमाबाइल्स नयाँबजार, पोखरा, स्टडी अब्रोड र टेस्ट प्रिपिरेसन सम्बन्धी सेवा दिइरहेको अग्रणी शैक्षिक संस्था ट्रिनिटी एजुकेशन फाऊण्डेसन बाँस्तोलाथर, महेन्द्रपुल पोखरा रहेका छन् । प्रतियोगितामा सह प्रायोजकको रुपमा शैक्षिक परामर्श केन्द्र साकुरा जापानिज ल्यांगवेज सेन्टर महेन्द्रपुल पोखरा रहेको छ । त्यस्तै स्यालुट गोर्खा र अतित गिफ्ट एण्ड एक्वारियम शपले विशेष सहयोग गरेका छन् ।

त्यस्तै बैंकिग पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक पोखराले सहकार्य गरेको छ भने रेस्टुरेन्ट तथा भेन्यु पार्टनरको रुपमा स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज बार बिएम कम्प्लेक्स न्युरोड रहेको छ । प्रतियोगिताको ट्राभल पार्टनरको रुपमा संजोग ट्राभल्स ट्राभल्स, टिकट तथा टुर्स पार्टनरको रुपमा ‘एम वे टुर्स एण्ड ट्राभल्स’, होटल पार्टनरको रुपमा होटल बाराही लेकसाईड, रहेका छन् । त्यसैगरि मिडिया पार्टनरहरुमा एभिन्यूज टेलिभिजन, नयाँ पत्रिका रहेका छन् भने साउन्ड पार्टनरको रुपमा एसके साउन्ड रहेको छ । प्रतियोगिताको अनलाईन पार्टनरको रुपमा कस्तो रमाईलो डटकम र एजुकेशनसंसार डटकम रहेका छन् ।

कमेन्टहरु
Loading...