सुकुम्बासी संघको सम्मेलन आयोजक समिति

पोखरा, २५ जेठ/अखिल नेपाल सुकुम्बासी संघ, कास्कीको भेलाले जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । शुक्रबार सम्पन्न भेलाले हर्कमान विश्वकर्माचको संयोजकत्वमा ७८ सदस्यीय पाँचौ जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको हो । भेलाले साउनको अन्तिम हप्ता सम्मेलन गर्ने निर्णय गरेको छ ।

भेलाले सम्मेलन अघि पुरानो सदस्यता नविकरण तथा २० हजार नयाँ सदस्यता वितरण गरी कास्की जिल्लाभरि छरिएर रहेका ६५ वटा टोलमा इकाई कमिटी गठन गर्ने समेत निर्णय गरेको छ ।

भेलामा एकीकृत नेकपा (माओवादी) का तमुवान राज्य सचिवालय सदस्य एवं कास्की क्षेत्र नं.२ का संयोजक बखानसिंह तमु (आभाष) को प्रमुख आतिथ्यता रहेको थियो । उक्त भेलामा अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय सदस्य अर्जुन मल्लको पनि विशेष उपस्थिति रहेको थियो ।

कमेन्टहरु
Loading...