पूर्व सभासद्को हत्या यसरी भयो: प्रहरी

संबिधान सभा  पूर्व सभासद सदरुल मिया हकको मिति २०७०/०२/०६ गते रातको समयमा कल्याणपुर २ स्थित निजको पेट्रोलपम्प हुमा आयल स्टोरको घरको माथिल्लो तलाको कोठामा धारिलो हतियार प्रयोग गरि हत्या गरिएको घटनाको अनुसन्धानको क्रममा केन्द्रिय अनुसन्धान ब्युरो, पुर्व क्षेत्रीय प्रहरी कार्यालय बिशेष टोली तथा जिल्ला प्रहरी कार्यालय सप्‍तरीबाट संयुक्त रुपमा टोलिले फेला पारेको घटनाको विवरण जस्ताको तस्तै ।resize_image

  • –   अन्दाजि १ बर्ष पहिला मोहम्मद जमिरुल शेख  मृतकको जेठी छोरीको उपचारको लागि मृतकको घरमा आए पश्चात माहिली छोरी  रुबेदा खातुनसँग सम्पर्कमा रहेको ।
  • –   मोहम्मद जमिरुल शेखसँग रुबेदा खातुनले घर परिवारको जानकारीबिना २०६९ फाल्गुण महिनामा रौतहटमा गइ निकाह गरेको ।
  • –   मृतक शदरुल हक उक्त कुरामा सहमत नभई रुबेदा खातुनको अन्य ब्यक्तिसँग बिवाह गर्ने कुरा गर्नुको साथै निज छोरीलाई गाली गर्ने गरेको ।
  • –   मृतकको श्रीमती नुरजहांसँग पनि आर्थिक कुरामा पनि बेला बेलामा झगडा हुने गरेको ।
  • –   करिब ५ महिना अगाडि देखि रुबेदा खातुन, नुरजहां र मोहम्मद जमिरुल शेख  मिलेर शदरुल मिया हक को हत्या गर्ने योजना बनाएको ।
  • –   हत्या योजना कार्बान्यन गर्नको लागि भारतबाट पेशेवर अपराधि ल्याउने जिम्मा मोहम्मद जमिरुल शेखले लिएको ।
  • –   करिब १५ दिन अगाडि श्रीमती नुरजहांसंग झगडा पश्चात मृतक घरमा नसुति नजिकै रहेको पेट्रोल पम्पमा सुत्ने गरेको ।
  • –   मृतकको गतिबिधि सम्बन्धमा रुबेदा खातुनले मोहम्मद जमिरुल शेख लाई जानकारी दिने गरेको ।
  • –   हत्याको करिब १५ दिन अगाडि देखि मोहम्मद जमिरुल शेखले एनुल शेख र अब्दुल रउफलाई सम्पर्क गरि हत्याको लागि सहमत गरेको ।
  • –   हत्याको करिब ५ दिन अगाडि देखि लगातार मोहम्मद जमिरुल शेख, एनुल शेख र अब्दुल रउफ कल्याणपुरमा आई निजको घर, पेट्रोल पम्प तथा इट्टा भट्टाको भौगोलिक अवस्थाको जानकारी लिएको ।
  • –   मिति २०६९/०२/०५ गते बिहान सिराहाको भगवानपुर गमरिया स्थित एनुल शेख बस्ने गरेको निजको ससुरालिको घरमा गै सोहि राति शदरुल मिया हकको हत्या गर्ने योजना गरेको ।
  • –   योजना मुताविक मोहम्मद जमिरुल शेख, एनुल शेख र अब्दुल रउफ बेलुकिको अन्दाजि ६ बजे कल्याणपुरमा आई बसेकोमा अनुकुल समय नमिलेपछि रातको अन्दाजि १ बजे लहान तर्फ फिर्ता भएको ।
  • –   पुन भोलिपल्ट मिति २०७०/०२/०६ गते शदरुल हक पेट्रोल पम्पमा सुत्नको लागि गएपछि रुबेदा खातुनले मोहम्मद जमिरुल शेखलाइ रातको अन्दाजि २१.१० बजे जानकारि दिएपश्चात निजहरु २१.३० बजे लहान बाट मोटरसाइकलमा कल्याणपुरमा आएको
  • –   रातको अन्दाजि २२.३० बजे निजहरु पेट्रोल पम्पमा प्रबेश गरि अन्दाजि ००.३० सम्ममा निज शदरुल मिया हकको हत्या गरेको
  • –   हत्या पश्चात शदरुल मिया हकको दुईवटै मोबाईल फोन लिएर निजहरु अन्दाजि ०१.४५ बजे लहान तर्फ फर्केको
  • –   अनुसन्धान पश्चात मिति २०७०/०२/२३ गते अब्दुल रउफलाई पक्राउ गरि निजको घरबाट मृतकको रातो रंगको Nokia c2 00 mobile बरामद गरिएको ।
  • –   मिति २०७०/०२/२३ गते नै मृतकको छोरी रुबेदा खातुनलाई पक्राउ गरिएको ।
  • –   मिति २०७०/०२/२४ गते मृतकको श्रीमती नुरजहांलाई पक्राउ गरिएको । cp. setopati.com
कमेन्टहरु
Loading...