फिर्के–बुलौंदी सफाइ अभियानको ऐक्यवद्धता जनाउने बढे

पोखरा, ८ असोज/पोखरामा जारी फिर्के–बुलौंदीखोला बृहत सफाइ अभियान उत्तरार्धमा आएको छ । अभियानको १७ औं श्रृंखलाअन्तर्गत शनिबार जिल्ला मालपोत कार्यालयसँगैको फिर्केखोला पुलदेखि ८ सय मिटर दुरीसम्म सरसफाइ गरिएको छ ।
जसमा करिब ११ टन फोहोर मैला संकलन भएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

अर्को साता फिर्के–बुलौंदी सफाइ अभियान सकिए पनि नगरका चोक चोकमा भने सफाइ अभियान जारी रहने उनले बताए ।
१७ औं श्रृंखलामा विभिन्न सामाजिक संघसंस्थाले सहभागिता जनाउँदै ऐक्यवद्धता जनाएका छन् । जसमा शान्तिपाटन टोल विकास संस्था बैदाम, मितेरी नारी समूह बैदाम, वातावरण तथा समाज सुधार समिति बैदाम, सामुदायिक एवं प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की, कञ्चन बचत तथा ऋण सहकारी संस्था पोखरा ५, एयरपोर्ट टोल विकास संस्था पोखरा ८, केदारेश्वर महादेवमणि सेवाश्रम समिति, पतंजलि केदारेश्वर योग केन्द्र, लायन्स क्लब अफ गतिशील मञ्जरी नदीपुर, युवा नेतृत्व नेपाल, मूलथोक टोल विकास संस्था बैदामले ऐक्वयद्धता जनाएका छन् ।

यसैगरी, रेवान पोखरा, टेसा पोखरा, समाजसेवा युवा क्लब मासबार, अभियान युवा क्लब महिला उपसमिति, फेवा डुंगा व्यवसायी समिति, महिला समन्वय समिति पोखरा ७, मासबार आमा समूह, महिला विकासका लागि आमा समूह मासबार, घारीपाटन आमा समूह पोखरा ७, ढाँड आमा समूह, महिला क्लब पोखरा, वडा नागरिक मञ्च पोखरा ६, वडा नागरिक मञ्च पोखरा ७, नागरिक निगरानी समूह पोखरा, ड्यामसाइड टोल विकास संस्था, राष्ट्रबैंक मार्ग टोल विकास संस्था, बिरुवा मार्ग टोल विकास संस्था बिरौटा, वाटरफ्रन्ट रिसोर्ट पोखरा, वडा समिति कार्यालय ६, शान्तिपाटन बचत तथा ऋण सहकारी संस्था, प्रगति दिदीबहिनी समूह बैदाम, जरेवर टोल विकास संस्था बैदाम, प्रगतिमार्ग टोल विकास संस्था बैदाम, सुलभ उपभोक्ता सहकारी संस्था बैदाम, राष्ट्रिय पर्यटन प्रवद्र्धन समिति, सिद्धार्थ क्लब, रिठ्ठेगौंडा टोल विकास संस्था पोखरा ५, मुक्तिनाथ विकास बैक, चार वटै सुरक्षा निकाय लगायत छन् ।

यसअघि शान्तिपाटन टोल विकास संस्थाले २० कार्टुन पिउनेपानी, २० थान डोको, ४ सय थान मास्क र डिस्पोजल ग्लोब, वातावरण तथा समाज सुधार समिति बैदामले ५३ जोर सेफ्टी ग्लोब, लायन्स क्लब अफ गतिशील मञ्जुरी नदीपुरले ५ सय थान मास्क तथा डिस्पोजल ग्लोब र ४ कार्टुन पानी, रेवान पोखराले २० वटा डोको, समाज सेवा युवा क्लबले २ कार्टुन पानी सफाइ अभियानलाई सहयोगका लागि हस्तान्तरण गरे ।

यसैबीच, कार्यक्रममा उपस्थित अभियन्ता र स्वयंसेवकलाई स्थानीय विकास अधिकारी दामोदर भण्डारीले सपथ ग्रहण गराएका थिए । सहभागीलाई जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनिलकुमार शाहीले धन्यवाद ज्ञापन गरेका थिए ।
१८ औं साताको सफाइ अभियान वडा प्रहरी कार्यालय बैदाम परिसरबाट हुनेछ ।

कमेन्टहरु
Loading...