संकलपले देशब्यापी अभियान गर्ने

पोखरा २४ जेठ/हरेक स्वस्थ नागरिक रतmदाता भन्ने मुल नाराका साथ स्थापित संकल्प कास्कीले देशब्यापी रुपमा हाम्रो ब्लड राष्ट्रिय जनचेतना अभियान गर्ने भएको छ । विश्व रतmदाता दिवस २०१३ को सन्दर्भ पारेर आगामी जेठ २५ देखि ३१ सम्म देशब्यापी रुपमा अभियान सञ्चालन गरिने शुक्रवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिए ।

पत्रकार सम्मेलनमा संकल्पका अध्यक्ष सुरज कुमार अर्यालले हरेक स्वस्थ ब्यातिm रतmदाता हुने भएकाले त्यसलाइ सार्थकता प्रदान गरी कुनैपनि बेला जो कोहीलाइ फ्रेस रगत उपलब्ध गराउनका लागी अभियानले टेवा पु¥याउने वताए । र

तm अभाब न्यूनिकरणका लागि समुदायसम्म सहज पहुँच ब्यवस्थापन गर्न फोन, एसएमएस, फेसबुक ,इन्टरनेट जस्ता माध्यामहरुको प्रयोग गरी संकल्पले रतmदाता र बिरामी विच पुल बन्ने काम गरिरहेको वताउदै अर्यालले अभियानले यसलाइ अझ प्रभावकारी वनाउने वताए । देशब्यापी अभियान अन्तर्गत संकल्पले काठमाण्डौ , चितवन , हेटौडा र पोखरालाइ केन्द्रबिन्दु बनाएर विभिन्न जनचेतनामुलक कार्यक्रम गर्ने संकल्पले जनाएको छ ।

कमेन्टहरु
Loading...