फेवाताल देखि बेगनासताल सम्म दुर दि पोखरा साइकल यात्रा

सागर राज तिमिल्सिना
पोखरा, ८ असोज/पर्यटन विकासका लागि साइकल सिटी पोखराको आयोजनमा पोखरामा टुर दि पोखरा साइकल यात्राको सम्पन्न गरेको छ । पोखराका दुई ताल जोड्ने गरि भएको साइकल यात्रामा करिब ७ सय साइकल यात्रुको सहभागीता रहेको साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्यले जानकारी दिए ।

विश्व मुटु दिवसको अबसरमा आयोजना गरिएको साइकल यात्रा पोखरा फेवाताल देखि लेखनाथको बेगनास तालसम्म २८ किलोमिटरको दुरी पुरा गरेका थिए । जयन्ती मेमोरियल ट्रष्टको विशेष सहयोगमा र अन्य संघ सस्थाले कार्यक्रममा सहयोग गरेका थिए । फ्रान्समा ११३ वर्षअघि टुर दि फ्रान्स साइकल ¥याली हुँदै आएको छ ।

कार्यक्रमले विश्वव्यापीरुपमा पारेको सकारात्मक प्रभावबाट प्रेरित भई गत वर्षदेखि साइकल सिटी पोखराले पोखरामा टुर दि पोखराको थालनी गरेको हो । यसवर्ष ‘साइकल चढौं —स्वास्थ्य ,वातावरण र पर्यटनका लागि’ भन्ने नाराका साथ टुर दि पोखरा— २०१६ साइकल ¥याली दोस्रो शृंखला सम्पन्न भएको हो ।

कार्यक्रमको सुरु गर्दै विश्व साइकाल यात्री पुस्कर शाहले स्वास्थ र वातावरणलाई स्वच्छ राख्न भए पनि दैनिक केहि घण्टा साइकल चढ्न सुझाब दिए । कार्यक्रममा ७ वर्षका साइकल यात्रीदेखि ८६ वर्षका साइकल यात्रीसम्मले सहभागीता जनाएका थिए । साइक यात्रामा सहभागी हुन पोखरा बाहिरका अन्य सहर देखि पनि सहभागी हुन आएको कार्यक्रम संयोजक निरज थापाले जानकारी दिए ।

दुर दि पोखरा साइकल यात्रा
दुर दि पोखरा साइकल यात्रा
दुर दि पोखरा साइकल यात्रा
दुर दि पोखरा साइकल यात्रा
दुर दि पोखरा साइकल यात्रा
दुर दि पोखरा साइकल यात्रा
दुर दि पोखरा साइकल यात्रा
दुर दि पोखरा साइकल यात्रा
दुर दि पोखरा साइकल यात्रा
दुर दि पोखरा साइकल यात्रा
दुर दि पोखरा साइकल यात्रा
दुर दि पोखरा साइकल यात्रा
दुर दि पोखरा साइकल यात्रा
दुर दि पोखरा साइकल यात्रा
दुर दि पोखरा साइकल यात्रा
दुर दि पोखरा साइकल यात्रा
कमेन्टहरु
Loading...