लेकसाइडमा जारी स्नुकर प्रतियोगितामा प्रि क्वाटरका खेल हुने

पोखरा, ७ असोज/पोखराको लेकसाइडमा जारी दोस्रो खुल्ला स्नुकर टुर्नामेन्ट पोखरामा प्रि क्वाटरका लागि ९ खेलाडी छनौट भएका छन् ।

स्नुकर खेल प्रति समाजको धारणा परिवर्तन गर्नका लागि सोम बि.कले आयोजना गरेको स्नुकर टुर्नामेन्ट पोखराको लेकसाइडमा रहेको माक्र्यु स्नुकर क्लबमा जारी रहेको छ ।

शुक्रबार भएको खेलमा राजु गुरुङ ,महेन्द्र नेपाली निर्मल पराजुली ,अर्जुन गुरुङ ,सरोज बस्नेत, दिलिप कुबर, महेश श्रेष्ठ ,उज्जल पुन ,दिपेश तामाङ प्रि क्वाटरमा प्रबेश गरेका छन् । पोखरा भरका १० समुहका ६४ जना खेलाडी प्रतिश्पर्धी रहेको प्रतियोगिता आगामी असोज १० गतेसम्म संचालन हुने जनाइएको छ ।

प्रतियोगितामा प्रथम हुनेले ४० हजार र शिल्ड दोस्रो हुनेले २० हजार र शिल्ड ,तेस्रो हुनेले १० हजार र शिल्ड र हाई ब्रेक गर्नेलाई ३ हजार पुरस्कारको ब्यबस्था गरिएको टुर्नामेन्ट सह संयोजक सन्जोग पराजुलीले जानकारी दिए ।

कमेन्टहरु
Loading...