बाबुरामले दोहोर्‍याए -पश्चिमाहरु चुनाब भाँड्ने खेलमा लागेका छन्

२४ जेठ, काठमाण्डौं । नेपालमा पश्चिमाहरुको अनुदान प्राप्त केही संस्था र व्यक्तिहरुले निर्वाचनविरोधी वातावरण निर्माण गर्न भूमिका खेलेको भन्ने प्रतिक्रिया आएको केही दिनमै पूर्वप्रधानमन्त्री तथा एमाओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई र बेलायती राजदुत एण्डी स्पार्कसबीच शुक्रबार भेट बार्ता भएको छ ।बेलायती राजदुत स्पार्कसले शुक्रबार बिहान भट्टराई निवास सानेपामा भेट गर्नुभएको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले बताउनुभयो ।

baburam bhattarai

भेटका क्रममा भट्टराईले पश्चिमा अनुदान प्राप्त केही गैह्रसरकारी संघ संस्थाहरु संविधानसभाको निर्वाचन भाँड्ने खेलमा लागेको दोहोर्याउनुभयो । उपाध्यक्ष भट्टराईले राजदुत एण्डीलाई यस्ता संघ संस्थाका गलत क्रियाकलापप्रति सचेत रहन आग्रहसमेत गर्नुभयो । संविधानसभाका लागि सकारात्मक अन्तराष्ट्रिय सहयोगको आवश्यकता रहेको पनि भट्टराईले उक्त भेटमा बताउनुभयो । भेटमा भट्टराईले माओवादीले संविधानसभाको चुनाव छिटोभन्दा छिटो होस भनेर नै सरकार छाडेको बताउनु भएको थियो । भट्टराईले आउँदो मंसिरमा चुनाव गर्न सवै पक्षबाट अवरोध होइन, सहयोगको अपेक्षा गरेको बताउनुभएको थियो । उता राजदूत एण्डीले वेलायत लगायत युरोपेली युनियनले नेपालमा राजनीतिक स्थायित्व चाहेको बताउनुभयो । ‘

युरोपेली युनियन नेपालमा संविधानसभाको निर्वाचन समयमै सम्पन्न होस् भन्ने चाहन्छ, चुनाव समयमै सम्पन्न गर्न नेपाललाई आफ्नो तर्फबाट आवश्यक पर्ने सहयोग गर्न सधै हामी तयार छौं’ भट्टराईसँग राजदुत एण्डीले भन्नुभयो ।

अमेरिकी राजदूतको गुनासो

उता शुक्रबारै बिहान एमाओवादी अध्यक्ष प्रचण्डसँग भेट गर्नुभएका अमेरिकी राजदूतले भने पश्चिमाहरुले निर्वाचन बिथोल्न खोजेको बाबुरामको भनाइप्रति गुनासो गर्नुभएको बताइएको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/06/79644/#sthash.TzD5yN5N.dpuf

कमेन्टहरु
Loading...