विद्यार्थीलाई विद्यालय पोशाक वितरण

पोखरा, ५ असोज । जापान अन्तराष्ट्रिय श्रम प्रतिष्ठान र नेपाल ट्रेड युनियन काँग्रेस कास्कीद्वारा सञ्चालित बाल शिक्षा कार्यक्रम अन्तर्गत लेखनाथ नगरपालिका वडा नं १३ मा आज ५० जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

कार्यक्रम अन्तर्गत विद्यालय जाने अवसरबाट बञ्चित बनेका ५० जना विद्यार्थी मध्ये २० जना विद्यार्थी गोगन उच्च मा.वि. तल्लो गगनगौडा र ३० जना विद्यार्थी अनौपचारिक बाल शिक्षा केन्द्र, खुदी खोलामा अध्ययनरत रहेको नेपाल टे«ेड युनियन काँग्रेस कास्कीका सचिव केशवराज भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अनौपचारिक बाल शिक्षा कार्यक्रम संयोजक टेकनाथ पन्थी, गोगन उच्च मा.वि. व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल, नेपाल ट्रेड युनियन काँग्रेस पश्चिमाञ्चलका अध्यक्ष मुरारी शर्मा, अनौपचारिक बाल शिक्षा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद पौडेल, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि बुद्धिमान गुरुङ, टे«ेड युनियन काँग्रेस कास्कीकी अध्यक्ष कुलदेवी बराल लगायतले पोशाक वितरणले विद्यार्थीहरूको अध्ययन कार्यलाई थप अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कमेन्टहरु
Loading...