हत्यारा पत्ता लगाउन माग गर्दै चक्काजाम

पोखरा, २२ जेठ/पोखरा १२ लालीगुराँस टोल निवासी सुरेस गुरुङ्गको हत्यारा पत्ता लगाउन माग गर्दै एल जी टोलको बासिन्दाले आयोजना गरेको चक्काजाममा सवारी साधनमाथी तोडफोड भएको छ । पोखराको अमरसिंह चोकमा आयोजना गरेको बन्दको क्रममा दमौली पोखरा रुटमा चल्ने ग १ ख ३४८५ नम्बरको सवारी साधनमा तोडफोड गरेका हुन । बन्दकर्ताहरुले मृतक शुरेसको हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनले कुनै चासो नदेखाएको भन्दै मंगलबार मध्यान्न अमसिंह चोकमा आधा घण्टा चक्काजाम गरेका थिए । चक्काजामको क्रममा बन्दकर्ताहरुले सवारी चलाएको भन्दै तोडफोड गरेका हुन । सवारीसाधन तोडफोडपछि अमरसिंह क्षेत्र केहीबेर तनाबग्रस्त भएको थियो । मृतक गुरुङ्गका आफन्तहरुले प्रहरीले घटनामा संलग्न भएकाहरुलाइ तत्काल सार्वजनिक गर्न माग गर्दै मृतकको सवलाइ काठमाण्डौ नभइ पोखरामा नै पोष्टमार्टम गर्न माग गरेका छन ।

प्रहरीले कृष्तिको जंगलमा शव फेला पार्दा सनाखत हुने कुनै प्रमाण फेला नपारेको बताएको भएतापनि आफन्तहरुले मृतको साथमा लाइसेन्स
फेला पारेकाले घटना रहस्मय रहेको आफन्तहरुले वताएका छन । एलजी
एशोसियसनका सदस्य समेत रहका शुरेसलाइ गत जेठ सात गत्े पोखुरामा ब्यवशायी भोला सुवेदीको अपहरणको घटनाको क्रममा मारेको हुन सक्ने भएकाले अपहरणमा परेका भनेका भोला सुवेदी लगाएतलाइ तत्काल पक्राउ गरी कार्बाही प्रकृया अगाडी बढाउनुपर्ने एशोसिएसनका अध्यक्ष डम्बरजंग गुरुङ्गले वताएका छन ।

कमेन्टहरु
Loading...