जिफन्टद्धारा मजदुरका छोराछोरीलाई छात्रबृत्ति वितरण

पोखरा २२ जेठ/नेपाल ट्रेड यूनियन महासंघ जिफन्टले आफ्ना मजदुरका छोराछोरीलाई एक

कार्यक्रमको आयोजना गरी छात्रबृत्तिका साथै शैक्षिक सामाग्री बितरण गरेको छ
। जिफन्टको आयोजना तथा कोरियाको उज्यालो सपनाको सहयोगमा कास्कीमा
रहेका विभिन्न विद्यालयका २० जना मजदुरका छोराछोरीलाई करिब १ लाख
वरावरको कपी ,डे«स तथा जुत्ता मोजा वितरण गरेको छ । साथै वार्षिक रुपमा
लाग्ने विद्यार्थी शुल्कसमेत प्रदानगरेको छ ।

छात्रबृत्ति वितरण गर्दै नेकपा एमालेका बैकल्पिक पोलिटब्यूरो सदस्य खगराज
अधिकारीले विद्यार्थीको शैक्षिक सफलताको कामना गर्दै जिफन्टले गरेको
कार्यको प्रशंसा गर्नुभयो । एमाले नेता अधिकारीले नेपालमाजातिय दल
दर्ताहुने गरेको तर्फ संकेत गर्दै सिद्धान्त नभइपार्टी खोलेर कुनै उपलब्धि
नहुने वताउनुभयो । पार्टी खोल्दा बैदेशिक नीति ब्यापार नीति , अर्थनीतिर
निश्चित राजनैतिक सिद्धान्त हुनुपर्नेमा जोड दिनुभयो ।त्यस्तै जिफन्टका
केन्द्रिय सदस्य यूवराज पौडेलले मजजदुरका छोराछोरीको उज्वल भविश्यको लागी
दाताहरुको सहयोगमा आफुहरुले छात्रबृत्ति वितरण गरेको वताउदै आगामी दिनमा
पनि निरन्तरता दिने वताउनुभयो ।

जिफन्ट गण्डकी धौलागिरीका पूर्व उपाध्यक्ष बलराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिफन्ट गण्डकी धौलागिरीका अधयक्ष चन्द्र बहादुर गु«ुरुङ्ग जिफन्ट शिक्षा विभागका केन्द्रिय सदस्य बिजया
सुवेदी प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुवर, क्यूपेक नेपाल कास्कीका
अध्यक्ष पुण्य प्रसाद उप्रेती लगाएतले वोल्नुभएको थियो ।

जिफन्टले ८ वर्ष पहिलेदेखि नेपालका ११ जिल्लामा रहेका करिब १२ सय मजदुरका छोराछोरीलाई
वर्षेनी निशुल्क भर्ना तथा वर्षभरिमा लाग्ने सम्पूर्ण शैक्षिक सामाग्री वितरण
गर्दै आएको छ । जसमध्ये गण्डकी धौलागिरीका कास्की ,पर्वत, बाग्लुङ्ग र
म्याग्दीका ७८ जना मजदुरका छोराछोरीलाइ उतm सेवा उपलब्ध गराउदै आएको
जिफन्ट कास्कीका सचिव कृष्ण आचार्यले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...