पोखरामा नयाँ डेरी उद्योग संचालन गरिने

पोखरा, २१ जेठ। पोखरामा रहेको पोखरा दुग्ध उत्पादक सहकारी र त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संयुत्त रुपमा पोखरामा दुध डेरी उद्योग संचालनमा ल्याउने भएका छन्। त्पादनशिल क्षेत्रमा लगानी गरी देशको आर्थिक उन्नतीलाई सघाउन तथा सहकारीका सदस्यहरुको आर्थिकस्तर उकास्ने उदेश्यले डेरी उद्योग संचालनमा ल्याउन लागिएको हो।

उद्योगबाट उपभोत्तालाई ताजा र स्वच्छ दुग्धजन्य पदार्थ उपलव्ध गराउने लक्ष्य संस्थाले लिएको छ। डेरीका लागि गाइपालन गरिनुको साथै प्रशोधन केन्द्र र विक्री केन्द्र स्थापना गरिने छ। पोखरा – १५ ढु·ेसाँघुस्थित हेमन्त मार्गमा गाईफार्म र पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगा , बगर, रत्नचोक, रानीपौवा, अमरसिंह चोक लगायतका १० स्थानहरुमा विक्री केन्द्र संचालनमा ल्याइने बताइएको छ।

डेरी उद्योग संचालनका लागि पहिलो चरणमा दुई करोड रुपैया लगानी गर्ने तयारी भैरहेको छ। उद्योगका लागि व्यत्तिले दुई देखि पाँच लाख र संस्थाले १५ देखि ५० लाख रुपैया सम्म लगानी गर्न सक्ने बताइएको छ। उद्योग संचालनका लागि शोभाकान्त ढकालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति गठन गरिएको छ।

जसको उपाध्यक्षमा टिकाराम पौडेल, सचिवमा सत्यराज बराल, कोषाध्यक्षमा प्रकाश पौडेल, सदस्यहरुमा दिपेन्द्र कार्की, शंकर अधिकारी, शिवराज कँडेल छन्। मङ्गलबार संस्थाका पदाधिकारीहरुले डेरी उद्योगको शिलान्यास गरेका छन्।

कमेन्टहरु
Loading...