कास्कीको लेखनाथमा पहिलोल पुरिएर ४ को मृत्यु

सागर राज तिमिल्सिना
पोखरा, २३ भदौ /कास्कीको लेखनाथमा दुईवटा घर पहिरोले पुरीदा ४ जनाको मृत्यु भएको छ । लेखनाथ ४ खरानी फाँटमा पहिरोले घर पुरिदा ४ जनाको बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १४ वर्षका निसान सुनार, १० वर्षका रजिना सुनार, ८ वर्षका अन्जीला सुनार र ४ वर्षका सल्मान सुनार रहेका छन् । पहिरो आएको थाहा पाए पछि भाग्ने क्रममा माया सुनार र चन्द्रकला सुनार घाइते भएका छन् ।

त्यसै गरि लेखनाथ ६ सुनपदेलीमा पहिरोले घर पुरीदा २ जना घाइते भएका छन् ।

कमेन्टहरु
Loading...