पिल्समा पासवर्ड

आफ्नो ग्याजेटको पासवर्ड भुलेर हैरान हुनुहुन्छ ? हो, पासवर्ड भुल्ने समस्या धेरैमा हुन्छ । मोटोरोला कम्पनीले यहीँ सहस्याको अस्वाभाविक तथा अनौठो समाधान खोज्दैछ । मोटोरोलाले इलेक्ट्रोनिक्स ट्याटुको आविष्कार गरेको छ । जुन तपाइँको छालामा टाँसिनेछ । यसमा एक सर्किट हुनेछ र पासवर्डको काम गर्नेछ । अनि सोही सर्किटमा आबद्ध ग्याजेटले तपाइँलाई चिन्नेछ र तपाइँले ग्याजेट ओपन गर्न सक्नुहुनेछ ।

यसै हप्ता आयोजित एक समारोहमा मोटोरोलाले यो इलेक्ट्रोनिक टाटु सार्वजनिक गरेको हो ।

2

मोटोरोलाको अर्को चामत्कारिक आविष्कारको रुपमा रहेको छ पासवर्ड पिल्स अर्थात् पासवर्डयुक्त पिल्स । यो पिल्सलाई तपाइँले निल्नुपर्नेछ । यो निलीसकेपछि तपाइँले सम्बन्धित ग्याजेट खोल्नका लागि कुनै पासवर्ड दबाइरहनुपर्नेछैन । पेटभित्रको पिल्सबाट आउने तरंगले तपाइँको ग्याजेटसँग सम्पर्क स्थापित गर्नेछ र तपाइँले ग्याजेट खोल्न सक्नुहुनेछ ।

यो पिल्स चलाउनका लागि ब्याट्रीको आवश्यकता नपर्ने र पेटमा हुने अम्लबाटै यो पिल्सले काम गर्ने बताइएको छ । तर यसको पूर्ण परीक्षण अझै नगरिएको र यसलाई तत्काल बजारमा ल्याउने सोँच पनि नभएको मोटोरोला कम्पनीले जनाएको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/06/78269/#sthash.vG5uoKsa.dpuf

कमेन्टहरु
Loading...