बलिउड अभिनेतृ जियाले गरिन् आत्महत्या

२१ जेठ, काठमाण्डौ । बलिउड अभिनेतृ जिया खानले आत्महत्या गरेकी छिन् । २५ बर्षीय अभिनेतृ खानले आफ्नै अपार्टमेन्टमा पंखामा पासो लगाएर आत्महत्या गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । जिया केही दिन यता निक्कै तनावमा रहेको बताइएको छ । उनले ट्वीटरमा पनि अलबिदा लेखेकी थिइन् । jiya-khanअमिताभ बच्चनसँग चलचित्र ‘निशब्द’मा अभिनय गरेकी जियाले अक्षयकुमारसँग ‘हाउसफुल’मा र आमिर खानको चलचित्र ‘गजनी’मा पनि विशेष भूमिकामा अभिनय गरेकी थिइन् । बलिउडमा आफ्नो छुट्टै पहिचान बनाइरहेकी जीयाले किन आत्महत्या गरेकी हुन भन्ने अझै खुलेको छैन । उनी आत्महत्या गर्नु भन्दा १ दिन अघि मात्र हैदाराबादबाट फर्किएकी थिइन् ।

हैदाराबादबाट फर्के लगतै जिया निक्कै चिन्तित थिइन् । उनले एक चलचित्रमा अडिशनका लागि हैदाराबाट पुगेकी थिइन् । तर उनकी आमाले दिएको बयान अनुसार जियाले हैदाराबादको अडिशन सोचेजस्तो नभएको बताउँदै अब आफू इंटेरियर डिजाइनर्सको पेशा सुरु गर्ने सोचाइमा रहेकी थिइन् । सोमबार बेलुकी ७ बजेबाट जियालाई कसैले पनि बाहिर देखेको थिएन । तर ११ बजे अपार्टमेन्टका सुरक्षा गार्डको सुचनामा पुलिसले उनी बस्दै आएको ‘सागर संगीत अपार्टमेन्ट’को १०२ नम्बरको फ्ल्याटको ढोका तोडेको थियो ।

पुलिसले जिया खानलाई पंखामा पासो लगाएको अवस्थामा भेट्याएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको मृत शरीरलाई अहिले पोष्टमार्टमको लागि लगिएको छ । आफ्नो करिअरलाई बलिउडका सुपरस्टारको साथमा सुरु गरेकी जीयाले हालै मात्र ३ मेघा बजेटका सिनेमामा अभिनय गर्ने पक्का भएको थियो ।

– See more at: http://www.onlinekhabar.com/2013/06/78462/#sthash.pvSc3rIV.dpuf

कमेन्टहरु
Loading...