‘पहिचान विहीन हिमश्रृङखलालाई चर्चित व्यक्तित्वको नाउँमा राखिओस् ’

पोखरा, १९ जेठ/नेपालका पहिचान विहीन हिमश्रृङखलाहरुलाई विश्वमा ख्यातिप्राप्त व्यक्तित्वहरुको नाउँमा नामाकरण गरिनुपर्ने माग राखिएको छ । संस्कृतिकर्मी एवं प्राज्ञ तीर्थ श्रेष्ठले हिमाल आरोहण सम्बन्धित अवधारणा पत्रप्रस्तुत गर्दै ‘नेपालका अझै ७२ वटा हिमश्रृङखलाहरु नाउँ विहीन छन् । ति हिमालहरुलाई विश्वमा प्रख्यात कमाएका आर्दश व्यक्तित्वहरुको नाउँमा राखिनु उपयुक्त हुन्छ ।’

हिमाल चिनौँ अभियानको आयोजनामा आइतबार पोखरामा सन्दर्भ अन्नपूर्ण आरोहण दिवस अन्नपूर्ण हिम श्रृङखला एक परिचर्चा कार्यक्रममा संस्कृतीकर्मी श्रेष्ठले हिमालयको देशमा हिमालहरु नाउँ विहीन हुनु दुःख रहेको बताउँदै ‘विश्वकालखण्डमा विश्वमा नै चर्चित नाम कमाएका हस्तीहरुको नाउँमा पहिचान नपाएका हिमालहरुको नाम राखे उत्तम हुने बताए । जसले विदेशी राष्ट्रहरु सगँ सम्बन्ध विस्तारको साथैँ नेपालमा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्छ ।’ उनले अन्नपूर्ण क्षेत्र भित्रै मात्रै ५ वटा उच्च हिमश्रृङखलाहरु नाउँविहीन भएको बताए ।

तिनीहरुको नामाकरणमा स्वर्गिय मौरिस हर्जाेग, अलवर्ट आइन्स्टान, महात्मा गान्धि, नेल्शन मण्डेला, र जुनको ताइवेइको नाउँ राख्न उचित हुन्छ ।’ कार्यक्रममा हिमाल आरोहण सम्बन्धित अवधारणा पत्र समेत राखेका प्राज्ञ श्रेष्ठले नेपालमा रहेका हिमश्रृङखलालाई समेट्ेर विद्यालय तथा विश्वविद्यालय स्तरीय पाठ्यक्रम नै बनाएर समावेश गर्नुपर्ने माग राखेका थिए । उनले पहिलोपटक महिलाले आरोहण गरेको गंगापूर्ण हिमाललाई रोयन्टी शुल्कमा निशुल्क गरेर विश्वभरिका महिलाहरुलाई हिमाल आरोहणमा प्रोत्साहित गर्नुपर्ने सुझाव दिएका थिए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य टिकाराम सापकोटाले आकर्षण र सस्कृतिको हिसाबले प्रसिद्ध कमाएको हिमाल अन्नपूर्ण नै रहेको बताउँर्दै ‘सर्वाेच्च शिखर सगरमाथाको भन्दा अन्नपूर्ण हिमालको चर्चा जहाँ त्यहि छ ।’ उनले भने, ‘नेपालको हिमालको बारेमा विस्तृत जानकारी सहितको पाठ्यक्रम बनाइनु जरुरी भएको बताए । ’ कार्यक्रममा टान पश्मिाञ्चलका उपाध्यक्ष रामचन्द्र शर्मा, उइ दि अन्नपूर्णका संयोजक ईश्वरप्रसाद कर्माचार्य, सदस्य दीपेन्द्र श्रेष्ठ, हिमाल चिनौँ अभियानका संयोजक बाशुदेव मिश्र, सञ्चारकर्मी दीपक के श्रेष्ठ लगाएतले हिमाल चिनाउने अभियान सँगसँगै हिमाल बचाउ तथा संरक्षण अभियानमा लाग्न सुझाव दिएका थिए ।

 

कमेन्टहरु
Loading...