अन्नपूर्ण आरोहण दिवसको सन्दर्भमा आयोजित चित्रकलामा तिलष्मी प्रथम

पोखरा, १९ जेठ/अन्नपूर्ण आरोहण दिवसको अवसरमा वि दि अन्नपूर्णाज्ले आईतबार आयोजना गरेको अन्नपूर्ण र पर्यावरण शीर्षकमा विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा टप्स उच्च माविकी तिलष्मी गुरुङ प्रथम भएकी छिन् । विभिन्न विद्यालयका ४३ जना विद्यार्थी सहभागी प्रतियोगितामा ग्लोबल कलेजियटका देवान गुरुङ द्वितीय, शिशु निकेतनका अभिषेक पौडेल तृतीय तथा टप्सकै हरि गुरुङले सान्त्वना स्थान प्राप्त गरे ।

चित्रकला प्रतियोगिताको निर्णायकहरुमा एलपी गुरुङ, क्षेत्रलाल कायस्थ गोपाल श्रेष्ठ रहेका छन् । यसअघि, चित्रकला प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संजीवबहादुर कोईरालाले प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रस्फुटनका साथै अन्नपूर्ण हिम श्रृंखलाबारे विद्यार्थीहरुलाई जानकारी पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

वि दि अन्नपूर्णका संयोजक ईश्वर कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य दीपेन्द्र श्रेष्ठ, अन्नपूर्ण उच्च माविका प्राचार्य रामजी शर्मा लगायतले अन्नपूर्ण हिमश्रृखंलाकै कारण यस क्षेत्रमा पर्यटन व्यवसाय संभव भएकाले यहाँको सामाजिक र आर्थिक विकासमा अन्नपूर्णको महत्वपूर्ण योगदानलाई भुल्न नहुने बताउनुभयो । यस हिमश्रृंखलाको व्यापक प्रचारप्रसारमा जुट्नुपर्ने बताए ।

 

कमेन्टहरु
Loading...