बैदेशिक रोजगारमा जाने कामदारहरुले

पोखरा जेठ १९ गते/बैदेशिक रोजगारमा जाने कामदारहरुले आफु ठगिएमा कस्तो ठाउमा उजुरी गर्ने भन्ने बारेमा समेत जानकारी लिने नगरेको पाइएको छ । पिपुल फोरमा र पौरखी नेपालको आयोजनामा कास्कीको अर्मलामा आयोजित आप्रवासी महिला कामदारका लागि बैदेशिक रोजगार सम्बन्धी तालिममा सहभागी महिला एंब बेदेशिक रोजगारमा रहेका आस्रित परिवारका सदस्यले अनभिग्यता प्रकट गरेका हुन ् ।

बैदेशिक रोजगारमा जादा मेनपावर कम्पनिहरुले अनुचित प्रलोभन दिएर कामदारहरु लैजाने गरेको समेत सो अवसरमा सहभागिहरुले बताएका थिए । कार्यक्रममा सहजिकरण गर्दै पिपुल फोरमाका अधिवक्ता शिव रिजालले रोजगारमा जाने कामदारहरुले कानुनी उपचार पाउने कुरा बताउदै , मृत्यु भएमा १ लाख ५० हजार र बिमा बापत ५ लाख रुपैया समेत प्राप्त हुने जानकारी दिए ।

बैदेशिक रोजगारको लागि बैदेहिक रोजगार बिभागमा उजुरी दिन सकिने बताए । त्यसैगरि गाबिस सचिब रामचन्द्र पौडेलले बैदेशिक रोजगारमा जाने कामदारका लागि गाबिसले पनि गैर समाजिक संघसंस्था सग मिलि सचेतना अभिवृदि गरेको बताए । पौरखि नेपालकी सचिब सत्र कुमारी गुरुङले बैदेशिक रोजगारमा जादा सिप सक्निुपर्ने र म्यानपावर कम्पनिसग सम्झैता गर्दा बुझेर मात्र गर्नुपर्ने बताइन् ।

 

कमेन्टहरु
Loading...