फिर्के–बुलौदी सफाइ अभियानको १२ श्रृंखलामा पनि सर्वसाधारणको भव्य सहभागिता

पोखरा, ४ भदौ/१२ औं श्रृंखलाको फिर्के–बुलौंदी सफाई अभियान शनिबार भव्यताका साथ सम्पन्न भयो । मालेपाटन र सिमलचौरका वीचमा रहेको फिर्केखोलाको १ किमी दुरीसम्मको करिब १७ टन फोहरमैला संकलन गरिएको अभियन्ता रामबहादुर पौडेलले जानकारी दिए ।

अभियानमा ऐक्यबद्धता प्रकट गर्दै महिला सशक्तिकरण नेपाल, थ्री सिस्टर्स एड्भेन्चर, रोटरी क्लब अफ पोखरा अन्नपूर्ण परिवारले संयुक्तरुपमा ६ थान डोको, ५० जोर सेफ्टी ग्लोब, ६ वटा आँसी सहयोग गरे । त्यस्तै, पिस जोन एकेडेमी सिमलचौरले पिउनेपानीको व्यवस्था गरेको थियो भने मुक्तिनाथ विकास बैंले १ हजार डिस्पोजल ग्लोब र मास्क सहयोग ग¥यो ।

शनिबारको सफाइमा धर्मस्थली बचत तथा ऋण सहकारी संस्था, तीनवटै सुरक्षा निकाय, बिभिन्न आमा समुह, टोल विकास संस्था लगायत सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । जीवन विज्ञान केन्द्रका संस्थापक एवं बागमती महासफाइ अभियानका अभियन्ता एलपि भानु शर्माले शुभकमना मन्तव्य राखेका थिए ।

कार्यक्रममा उपस्थित सबैलाई कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले सपथ खुवाएका थिए । कार्यक्रममा पोखरा उपमहानगरपालिकका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले धन्यवाद ज्ञापन गरेका थिए ।

कमेन्टहरु
Loading...