बेपत्ता भएको १० बर्षपछि किरिया

१९ जेठ, बर्दिया । पति घर र्फकने आशमा कालिका ४, मुनालबस्तीकी जुना सापकोटाका १० वर्ष बिते । आज भोलि भन्दाभन्दै नआएपछि उनले माया मारिन् । घर-परिवारको सल्लाहमा शुक्रबार बल्ल काजकारिया गरेकी छन् । किरिया गर्नका लागि शव थिएन । त्यसैले हिन्दु परम्पराअनुसार कुशलाई साक्षी राखेर दागबत्ती दिई आमाछोरा किरिया बसेका छन् । ०६० फागुन ३० गतेको घटना उनी अहिले सम्भिmन चाहँदिनन् । त्यो दिन माओवादीले उनका पति नारायणलाई ‘कार्यक्रम छ’ भनेर घरबाट लगेका थिए । बेपत्ता नारायण आउलान् भनेर बाटो कुरेकी जुनाको आशा निराशामा परिणत भएपछि किरिया गर्न बाध्य भएकी हुन् ।

‘दिउँसो नविन भन्ने माओवादी कार्यकर्ता लिन आएका थिए । ‘सन्चो छैन’ भनेर जानु भएन । तर राति ५ जना अपरिचित माओवादी आएर जबर्जस्ती लगे,’ उनले भनिन्, ‘कार्यक्रममा हो भने सँगै जान्छु र सिद्धिएपछि सँगै र्फकन्छु भनेर भन्नुभएको थियो ।’

यसअघि नारायणलाई तात्कालीन सुरक्षा फौजले १५ दिन हिरासतमा राखी कठोर यातना दिएका थिए । यातनाका कारण उनी थलिएर घरकै विस्तारामा सुतिरहन्थे । यातना दिई छाडेका उनलाई माओवादीले सुराकी गर्न पठाएको आरोप लगाए । सेनाको सुराकी भएको भन्दै कारबाही गर्ने तयारीमा रहेका माओवादीले उनलाई बेपत्ता बनाइछाडे ।

निम्न आय भएका सापकोटा परिवारको स्रोत १० कट्ठा जग्गामात्र हो । केही समयअघि छोरा सुमन फोक्सोको बिरामी भएपछि उपचार्थ भारतको लखनऊ लगेका थिए । उनको शल्यक्रियामा करिब साढे तीन लाख खर्च लाग्यो । सबै रकम ऋण काढेर छोराको उपचारमा लगाएको जुनाले बताएको कान्तिपुर दैनिकमा खबर छ । ‘किरियामा बसे पनि अझै पनि र्फकनुहुन्छजस्तो लाग्छ,’ आँखाभरि आशु बनाउँदै भनिन्, ‘आश लाग्छ । मन मरेको छैन । उहाँ र्फकनुहुन्छ ।’

द्वन्द्वपीडितसम्बन्धी कार्य गर्ने गैरसरकारी संस्था वकालत मञ्चले जिल्लामा जनयुद्धका बेला बेपत्ता हुनेको संख्या २ सय ७० रहेको जनाएको छ । तीमध्ये राज्यबाट २ सय ५३ र माओवादीबाट १७ बेपत्ता छन् । मञ्च संयोजक काशीराम ढुंगानाले जिल्लाका ४० बेपत्ता परिवारले आफन्तको किरिया गरिसकेको बताए । cp . onlinekhabar

कमेन्टहरु
Loading...