पोखरा, २७ साउन/कांग्रेस नेता स्व. रामजी बादलको स्मृतिमा पुस्तक तयार पारिएको छ । रामजी बादल मेमोरिलय ट्रष्टले तयार पारेको सो पुस्तक दुई सय १६ पृष्ठको रहेको सचिव विश्वमोहन पौडेलले बताए ।
पुस्तकमा बादलको जीवनी, उनलाई नजिकबाट चिन्ने र लामो समयसम्म संगत गरेकाहरुले लेखेका लेख तथा रचनाहरु समावेश छन् । स्व. बादलको वार्षिकी पारेर शुक्रबार लेखनाथ – १ बादल चोकमा पुस्तकको विमोचन गरिने भएको छ ।
पुस्तकको विमोचन कांगे्रस नेता एवं उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले गर्ने कास्की कांग्रेसका सदस्य नवीन सिग्देलले बताए। पुस्तक विमोचनपछि उपप्रधान तथा गृहमन्त्री शुक्रबार नै राजधानी फर्कने छन् । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ।