पत्रकार पौडेल र संस्कृतिविद् न्यौपाने पोखरामा सम्मानित

पोखरा, २३ साउन/लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी संघ पोखराको प्रथम जिल्ला सम्मेलन शनिबार पोखरामा सम्पन्न भएको छ । सम्मेलनमा लोक तथा दोहोरी क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार राजाराम पौडेल र संस्कृतिविद् डा.कुशमाकर न्यौपानेलाई सम्मान गरिएको छ ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि संस्कृतिकर्मी तिर्थ श्रेष्ठ, दोहोरी गायक पुरुषोत्तम न्यौपाने, संस्थाका अध्यक्ष सिम गुरुङ लगायतले सम्मान गरेको थिए । यसैगरी लामो समयसम्म एउटै दोहोरी साँझमा काम गर्ने रोशन गुरुङ, प्रेम बस्याल, निसा पोखरेल र रञ्जु बाँनियालाई समेत सम्मान गरिएको थियो । उक्त अवसरमा तनहुँका साजन आलेलाई शैक्षिक सामाग्री र मृगौला पीडित यम प्रसाद घर्ती मगरलाई नगद १९ हजार ३ सय नगद सहयोग गरिएको थियो ।

पत्रकार पौडेल र संस्कृतिविद् न्यौपाने पोखरामा सम्मानित
पत्रकार पौडेल र संस्कृतिविद् न्यौपाने पोखरामा सम्मानित

संस्थाका अध्यक्ष सिम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्कृतिकर्मी तिर्थ श्रेष्ठ, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका संरक्षक प्रजापती पराजुली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम गुरुङ, संस्कृतिविद् डा.कुशमाकर न्यौपाने, लेखनाथ उद्योग वाणज्यि संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, पोखरा उद्योग वाणीज्य संघका महासचिव रविन्सन प्रजु, नेकपा एमालेका नेता लक्ष्मण गिरी, नेकपा माओवादी केन्द्रका नेता राजेन्द्र न्यौपाने, संस्थाका कानुनी सल्लाहकार सुरेन्द्र थापा मगर, प्याब्सन कास्की अध्यक्ष चिनु रानाभाट, पोखरा सिटि रेवानका अध्यक्ष केपी शर्मा, सम्मेलन आयोजक समितिका संयोजक मनकुमार श्रेष्ठ, संस्थाका सचिव अर्जुन गुरुङ लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

सम्मेलनले अर्जुन गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन गरेकोे छ । समितिको उपाध्यक्षमा अर्जुन श्रेष्ठ, सचिवमा जीवन गुरुङ, सह–सचिवमा विरेन्द्र केसी र कोषाध्यक्षमा बम बहादुर गुरुङ रहेका छन् । यसैगरी सदस्यमा कुमार पुन, दुर्गा गुरुङ, मनोज भट्ट, इन्द्र मास्कि, सोम बस्याल, राम लामा, सुनिल बस्नेत र असन श्रेष्ठ चयन भएका छन् । कानूनी सल्लाहकार सुरेन्द्र थापामगरको संयोजकत्वमा पुरुषोत्तम न्यौपाने र मनकुमार श्रेष्ठ सदस्य रहेको निर्वाचन कमिटिले कार्यसमिति चयन गरेको हो ।

कास्कीमा सञ्चालित १७ वटा दोहोरी साँझ संघमा आवद्ध छन् । संघमा हरेक दोहोरी साँझबाट तीन–तीन जना प्रतिनिधि रहने बताइन्छ । कास्कीका दोहोरी साँझमा ६ सय ९० जनाले प्रत्यक्ष रोजगार पाएका छन् । कास्कीमा सञ्चालित दोहोरी साँझमा मात्र करिब ८ करोड ५० लाख रुपँैया लगानी भएको छ । वि.स. २०७० सालमा स्थापित संघको उद्देश्य लोक दोहोरीको संरक्षण, सम्वद्र्धन र विकास गर्ने लगायत रहेको छ ।

कमेन्टहरु
Loading...