उच्चस्तरीय राजनीतिक समितिले चुनावको मिति टुंगो लगाउने

१६ जेठ, काठमाण्डौं । दलहरुबीच विवादका रुपमा रहेका विषयमा सहमति खोज्न उच्च स्तरीय राजनीतिक समितिको बैठक आज बस्दैछ । अपरान्ह ४ बजेपछि समितिको कार्याय नयाँ बानेश्वरमा बस्ने बैठकमा संविधानसभा निर्वाचन ऐन, निर्वाचनको मिति घोषणाका विषयमा छलफल हुनेछ ।

त्यस्तै विवादका रुपमा रहेको निर्वाचन थ्रेसहोल्ड, संविधानसभा सदस्य संख्या, उम्मेद्वार बन्नुअघि सार्वजनिक गर्नुपर्ने सम्पत्ति बिबरण लगायतका विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

दलहरुले विवाद समाधान गरेर निर्वाचनको मिति घोषणा गर्ने अथवा मिति घोषणा गरेर विवाद समाधान गर्ने भन्ने विषयमा पनि आजै टुंगो लगाउने नेताहरुले बताएका छन् । यस अघि बोलाइएको बैठक काँग्रेस सभापतिको अनुपस्थितिमा स्थगित भएको थियो भने बुधबारका लागि बोलाइएको बैठक गणतन्त्र दिवस परेकाले स्थगित भएको थियो ।

– See more at: http://www.onlinekhabar.com/2013/05/76385/#sthash.kdlscOoc.dpuf

कमेन्टहरु
Loading...