मसिंरपछि सरकारको औचित्य समाप्तः रायमाझी

अर्घाखाँची, जेष्ठ १६ – एमाओवादी नेता टोपबहादुर रायमाझीले चुनाव गराउन नसके मसिंरपछि खिलराज नेतृत्व सरकारको औचित्य समाप्त हुने बताए । उनले सरकारले चुनाव गराउन नसके मंसिरपछि विकल्प खोजिने र  दलीय नेतृत्वमा चुनावी सरकार गठन हुने दावी गरे ।

‘चुनाव मात्रै गराउन सरकार गठन भएको हो, पत्रकार सम्मेलनमा बोल्दै उनले भने, खिलराज रेग्मीले सबै दल मिलेर आउ चुनाव गराउन सरकार तयार छ भन्नु  सत्ता लम्ब्याउने वाहनाबाजी गरेको छ ।’

मसिंरको पहिलो साता चुनाव गराउनुको विकल्प नभएको बताउँदै मंसिरपछि यो सरकार हटने बताए  । ‘देशको निकास र गणतन्त्र संस्थागत गर्नु एक मात्र विकल्प मंसिरमा चुनाव हो, रायमाझीले भने, ‘सत्ता लम्बाउन र निरंकुश हुन खोजे खिलराज एक सेकेण्ड पनि सरकारमा रहदैनन् विकल्प खोजिन्छ ।’

उनले पुर्वराजा ज्ञानेन्द्र शाहलाई एमाओवादीले उम्मेदवार बनाउन नसक्ने बताए । ‘प्रधानमन्त्री छँदा बाबुराम भटराई राष्ट्रपतिकोमा मात्रै गएर भर पर्ने तर विपक्षी दलहरुलाई वाईपार गरेकाले सरकारबाट हटनुपरेको हो, रायमाझीले भने, ‘भर पर्दा राष्ट्रपतिले हामीलाई धोका दिए उनी निरंकुश बने सरकारले गरेका अध्यादेश, बजेट स्वीकृति नगरिदिँदा सरकारबाट बाहिरिन बाध्य भयौं ।’ उनले मोहन वैद्यले चुनावको विरोध गरिरहे नागिंएर जाने बताए ।

 

– See more at: http://www.ekantipur.com/np/2070/2/16/full-story/369050.html#sthash.qVWqEMIq.dpuf

कमेन्टहरु
Loading...