सडक दुर्घटनामा पत्रकार प्याकुरेलको निधन

१५ जेठ, बारा । नेपाल पत्रकार महासंघ बारा शाखाका पुर्व अध्यक्ष विनोद प्याकुरेलको सडक दुर्घटनामा परी निधन भएको छ । वीरगञ्ज-पथलैया सडक खण्डको बाराको जितपुरमा गएराती टाटासुमोको ठक्करबाट गम्भिर घाईते हुनुभएको प्याकुरेलको वीरगञ्जमा उपचार हुन नसकेपछि काठमाण्डौ ल्याउनेक्रममा बाटोमा नै निधन भएको हो ।

बुटवलबाट बीरगंज जाँदै गरेको ना १ ज ३२५१ नम्बरको टाटा सुमोलेको ठक्कर दिएको थियो । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ लैजाने क्रममा हेटौडामा निधन भएको हो । प्याकुरेलको टाउकोमा गम्भीर चोट लागेको थियो । प्याकुरेलको शव हेटौडा अस्पतालमा राखिएको छ ।

पत्रकार प्याकुरेल गोरखापत्र र टिटिभीको बारा समाचारदाता हुनुहुन्थ्यो । एक श्रीमती र दुई छोरा रहेका प्याकुरेल बारा जितपुर निवासी हुनुहुन्छ ।

ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायव निरीक्षक शम्भु चौधरीका अनुसार ठक्कर दिने टाटासुमो र चालक कृष्ण बहादुर दमाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/05/75942/#sthash.fUDY79W4.dpuf

कमेन्टहरु
Loading...