जेठ १८ देखि सामसुङ ग्राण्ड विग आईकन

पोखरा, १५ जेठ/पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले वर्षेनी आयोजना गर्दै आएको ग्राण्ड ईभेन्ट विग आईकनको चौथो सँस्करण जेठ १८ गतेदेखि शुरु हुने भएको छ । सामसुङ ग्राण्ड मोबाईलको मुख्य प्रायोजनमा हुने गायन प्रतियोगितामा यो वर्ष देशभरको ४८ जिल्लाबाट ७ सय २७ जनाले सहभागिता जनाउँदैछन् । गायन प्रतिभा भएकाहरुका लागी नेपालकै उत्कृष्ट मञ्चको रुपमा दरिएको यो प्रतियोगिता करिब २ महिनासम्म चल्ने एफएमले जनाएको छ ।

IMG_4443‘पोखरा र आसपासबाट संगीत क्षेत्रमा कदम चाल्ने चाहना भएका प्रतिभाको खोजी र उत्कृष्टको छनौट नै प्रतियोगिताको लक्ष्य हो ।’ मंगलबार सामसुङ ग्राण्ड विग आईकन २०१३ को बारेमा जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमा विग एफएमका अध्यक्ष महेश भण्डारीले भने–‘अवसरको खोजी गरेका गायन प्रतिभाहरुका लागी यो नेपालकै एकमात्र उत्कृष्ट मञ्च बनिसकेको छ ।’ यसअघि एफएमले तीनवटा विग आईकनहरु सांगीतिक क्षेत्रका लागी जन्माईसकेको र उनीहरु अहिले सांगीतिक क्षेत्रमा निकै अगाडी बढिसकेको उनले दाबी गरे ।

विग आईकनको प्रभाव दिनानुदिन बढ्दै गएको समेत उनले दाबी गरे । ‘प्रत्येक सँस्करणमा आफ्नो गायन प्रतिभा देखाउन चाहनेहरु बढिरहेका छन् ।’ अध्यक्ष भण्डारीले भने–‘हामी सफल हुँदै गएको यो एउटा गतिलो उदाहरण पनि हो ।’ यसभन्दा अघिल्लो सँस्करणमा देशभरका ४६ जिल्लाबाट ६ सय ७० जना प्रतिभाहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । यसअघिको विग आईकनका विजेता सर्लाहीका नविन काफ्ले हुन् । उनी अहिले एउटा गिति एल्बमको तयारीमा जुटिरहेका छन् ।

नेपालमा कुनै पनि गायन सम्बन्धि रियालिटि शो चौथो सँस्करणसम्म निरन्तर चलिरहेको पनि विग आईकन भएको एफएमले दाबी गरेको छ । ‘हामी यो कुरा गर्वका साथ भन्छौ कि हामीले कार्यक्रमलाई सफल र निरन्तर बनाएका छौँ ।’ विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘र, यो निरन्तरता चलि नै रहनेछ ।’ अघिल्ला सँस्करणका विग आईकनभन्दा यसपालीको कार्यक्रमलाई अझै भव्य र सभ्य बनाउनका लागी एफएमले कुनै कसर बाँकि नराख्ने उनले बताए ।

चौथो सँस्करणको ‘सामसुङ ग्राण्ड विग आईकन’लाई सामसुङ ग्यालेक्सी ग्राण्डले मुख्य प्रायोजन गरेको छ भने मोबाईल मेसेन्जर निम्बजले सहप्रायोजन गरेको छ । त्यस्तै काठमाण्डौमा अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गदै आईरहेको दि ब्रिटिस कलेज, थापाथली विशेष सहयोगीको रुपमा सहकार्य गरिरहेको छ । उप–प्रायोजकमा विश्व प्रसिद्ध इटालियन स्कुटर÷बाईक पियाजियो, भेस्पाको अधिकृत विक्रेता रबि अटोमाबाइल्स नयाँबजार, पोखरा, स्टडी अब्रोड र टेस्ट प्रिपिरेसन सम्बन्धी सेवा दिइरहेको अग्रणी शैक्षिक संस्था ट्रिनिटी एजुकेशन फाऊण्डेसन बाँस्तोलाथर, महेन्द्रपुल पोखरा रहेका छन् । प्रतियोगितामा सह प्रायोजकको रुपमा शैक्षिक परामर्श केन्द्र साकुरा जापानिज ल्यांगवेज सेन्टर महेन्द्रपुल पोखरा रहेको छ ।

त्यस्तै बैंकिग पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक पोखराले सहकार्य गरेको छ भने रेस्टुरेन्ट तथा भेन्यु पार्टनरको रुपमा स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज बार बिएम कम्पेक्स न्युरोड रहेको छ । प्रतियोगिताको ट्राभल पार्टनरको रुपमा संजोग ट्राभल्स ट्राभल्स, टिकट तथा टुर्स पार्टनरको रुपमा ‘एम वे टुर्स एण्ड ट्राभल्स’, होटल पार्टनरको रुपमा होटल बाराही लेकसाईड, रहेका छन् । त्यसैगरि मिडिया पार्टनरहरुमा एभिन्यूज टेलिभिजन, नयाँ पत्रिका रहेका छन् भने साउन्ड पार्टनरको रुपमा एसके साउन्ड रहेको छ । प्रतियोगिताको अनलाईन पार्टनरको रुपमा कस्तोरमाईलो डटकम र एजुकेशनसंसार डटकम रहेका छन् ।

कमेन्टहरु
Loading...