कास्की वर्ष पत्रकारबाट पत्रकार सागरराज तिमिल्सिनालाई

पोखरा, १५ जेठ/झण्डै छ वर्षपछि जिल्ला खेलकुद विकास समिति कास्कीले वर्ष खेलाडी सम्मान गरेको छ । वर्ष खेलाडी सम्मानबाट उसुकी झरना गुरुङलाई सम्मान गरिएको छ । उसु खेलबाट पोखरा र नेपालको नाम राख्न सफल भएकी गुरुङलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले मंगलबार नगदसहित सम्मानपत्रबाट सम्मानित गरेका थिए । पुरस्कारको राशी ३० हजार रुपियाँ रहेको छ ।

101_6081कराँतेपछि उसुको प्रशिक्षणपछि जिल्ला, क्षेत्र र राष्ट्रिय उसु प्रतियोगितामा पदक विजेता गुरुङ अन्तराष्ट्रिय प्रतियोगितामा समेत पदकधारी खेलाडी हुन् । उनी अहिले राष्ट्रिय खेलकुद परिषदको उसु प्रशिक्षक समेत हुन् । त्यसै गरि कास्की वर्ष पत्रकारबाट एभिन्युज टेलिभिजनकर्मि पत्रकार सागरराज तिमिल्सिनालाई सम्मान गरिएको छ । उनलाई सम्मानपत्र तथा नगद पाँचहजारबाट सम्मानित गरिएको थियो ।

त्यसै गरि कास्की जिल्ला खेलकुद विकास समितिले यो वर्ष उत्कृष्ठ प्रशिक्षकबाट भलिबल प्रशिक्षक कौशिला खत्रीलाई सम्मान गरेको छ भने आर्दश व्यक्तित्वको रुपमा प्रा. डा विरेन्द्रसिंह गुरुङ र उत्कृष्ठ संस्थाको रुपमा पोखराको टप्स उच्चमाविलाई सम्मान गरिएको थियो । उनीहरु सबैलाई नगद पाँच हजार सहित सम्मानपत्रबाट सम्मानित गरिएको थियो भने विभिन्न विद्यालयलाई खेलकुद सामाग्री समेत हस्तान्तरण गरिएको थियो ।

समितिले २०६५ सालदेखि कास्की वर्ष खेलाडी सम्मान कार्यक्रम गर्न सकेको थिएन् । छनोट समितिका संयोजक बसन्त थकालीका अनुसार २०६५ सालदेखि २०६९ सालसम्मको खेलकुद गतिविधिलाई नियाल्दै खेलाडीको प्रदर्शनको आधारमा वर्ष खेलाडी छनोट गरिएको उल्लेख गरे । भलिबल क्षेत्रमा पश्चिमाञ्चल क्षेत्रको एकछत्र नाम राख्न सफल खत्री भएकी थिईन् । खत्रीकै प्रशिक्षणमा पश्चिमाञ्चलले विभिन्न जिल्ला र राष्ट्रियस्तरको प्रतियोगितामा प्रथम स्थान हासिल गरेको थियो ।

सम्मानित व्यक्तित्वहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब युवराज लामा, स्थानीय विकास अधिकारी ईश्वरराज पौडेल, पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी, राखेपका केन्द्रीय सदस्य दिलिपविक्रम शाही, पुर्व खेलाडी एवं एन्फा केन्द्रिय सदस्य गणेशबहादुर भट्टराई, पश्चिमाञ्चल खेलकुद समितिका अध्यक्ष दिपक कोइराला, जिल्ला खेलकुद समितिका अध्यक्ष सुमन देवकोटा लगायतले सम्मान गरेका थिए ।

कमेन्टहरु
Loading...