सासू बुहारीको पोखरा फन्को

पोखरा, ३० असार/“छोराको विवाह भएको २७ वर्ष भयो तर बुहारीसँग पहिलो पटक घुम्दैछु । छोरीले गर्नुपर्ने काम आज बुहारीले गरिन्”–पाको उमेरकी धनमाया शर्माले पोखरालाई एक फन्को मारेपछि भनिन् । सामाजिक जागरणका लागि नारी अभियानले आमाहरुको सम्मानका लागि पोखरा दर्शन तथा सत्संग कार्यक्रममा सहभागी शर्माले यति भन्दै हर्षका आँस झारिन् ।

त्यस्तै जानुका केसीलाई पनि पहिलो पटक फेवातालमा डुंगा चढेको अनुभव रमाइलो लाग्यो । जन्मेको पनि पोखरा हुर्केर अब मर्ने बेला भैसक्यो तर ढुंगा चढ्न भनेर छोराहरुले भन्दा पनी चढेकी थिइन् आज छोरीले घुमाइन् भनिन्, उनले भनिन् । यस्तो कार्यले सासू बुहारीको सम्बन्ध नजिक हुने उनीहरुको कथन छ ।

सासू बुहारीको पोखरा फन्को
सासू बुहारीको पोखरा फन्को

“जेष्ठ नागरिकको सम्मान गरौ, सुसभ्य समाज निर्माण गरौ” भन्ने उद्घोषका साथ सम्पन्न कार्यक्रममा दिनभर पोखराका पर्यटकीय स्थल र मठ मन्दिर घुमेका करिब सय जना ज्येष्ठ महिलाको अनुहारमा थकान समेत देखिदैनथ्यो । भजन कृतनसहित विन्ध्यवासिनि मन्दिर, अकलादेवी मन्दिर, तालवाराही मन्दिर, डेभिजफल, गुप्तेश्वरलगायतका स्थान अवलोकन गराई आमाहरुलाई सिद्ध परोपकार आश्रममा खाना खुवाइएको थियो भने भागवत भाष्कर कमलनयन गौतमले प्रवचन तथा सत्संग गराएका थिए ।

आमालाई सम्मान गर्नपर्छ बुहारीले सासूआमालाई आफ्नै आमाझैं माया गर्नुपर्छ र वुढेसकालका सहारा छोरामात्र होइन छोरी पनि हुन्छन् भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुष्मा पौडेलले वताइन् । उनले घरमै बसिरहने आमालाई एक दिन भए पनि धार्मिक तथा पर्यटकीयस्थलको भ्रमण गराउनु फलदायी हुने भएकोले नौलो कार्यक्रम गरिएको बताइन् ।

कार्यक्रम संयोजक उषा गोशेलीले आश्रमका वटुक र अनाथ बालबालिकालाई समेत आमाको प्रेम अनुभुत गराउनु तथा आमाहरुको तनाव व्यवस्थापन गर्नु समेत भएको बताइन् साथै आश्रमलाई ५ हजार ५ सय समेत सहयोग हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा अभियानका सदस्य तथा आमाहरु तथा सदस्य अञ्जु केसीलाई सम्मान गरीएको थियो ।

सामाजिक जागरणले यस्तो खालको कार्यक्रम आगामी दिनमा समेत गर्ने कार्यक्रमका सदस्य सचिव अम्बिका ढकालले बताइन् । कार्यक्रममा स्वागत अभियान सदस्य रेनु थापाले गरेकी थिइन् । सामाजिक जागरणका लागि नारी अभियानले विगतदेखि विभिन्न कार्यक्रम आयोजना गर्दैआएको छ ।

कमेन्टहरु
Loading...