दुई/तीन दिनमा सबै समस्या समाधान हुन्छः प्रचण्ड

१२ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई/तीन दिन भित्र सबै विवादित विषयमा सहमति हुने दावी गर्नु भएको छ ।

पत्रकार कृष्ण सेनको ११ औं स्मृति दिवसको अबसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले केही दिनमा नै निर्वाचनको मिति घोषणा हुने बताउनु भयो । ‘हामी गम्भीर छलफलमा छौं । दुई/तीन दिन भित्र सबै समस्या समाधान हुन्छ र चुनावको मिति पनि घोषणा हुन्छ’ उहाँले भन्नुभयो । प्रचण्डले अब चुनावमा केन्द्रीत हुन समेत सबैलाई आग्रह गर्नुभयो ।

– See more at: http://www.onlinekhabar.com/2013/05/75019/#sthash.hMofSsgD.dpuf

कमेन्टहरु
Loading...