आज सुन प्रतितोला ३ सय १० घट्यो

१२ जेठ, काठमाण्डौं । विगत केही समयदेखि स्थिर बन्न नसकेको सुनको मूल्य आज पनि प्रतितोला ३ सय १० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५० हजार ६ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन भने प्रतितोला ५० हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज प्रतितोला ८ सय ६४ रुपैयाँमा कारोबार भइरहेको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/05/74911/#sthash.FM2KVg0z.dpuf

कमेन्टहरु
Loading...