पोखरा, २३ असार /मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशिर्वाद लिएर आज पोखरामा पनि इद उल फित्र पर्व मनाउँदै छन् ।
खुसीपूर्वक शरिरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबि पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन बुधबार बेलुकी चन्द्रमा देखिएपछि बिहीबार इद उल फित्र मनाइएको हो । यो पर्वमा जुनसुकै वर्गका मुस्लिमले पनि यो मीठो मसिनो खाने गर्दछन् ।
हातमुख धोएर फजर नमाज पढिन्छ । स्नान गरेर नयाँ कपडा पहिरिइ मस्जिद, इदगाहमा गएर विशेष नमाज पढिन्छ । मुस्लिम धर्मावलम्बीले वर्षमा दुईपटक विशेष नमाज पढ्छन् । बकर इद र इद उल फितरमा ।
पोखरामा नवज पढेपछि आफूभन्दा ठूलाबडा कहाँ गई आशिर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिइ पर्व मानेका छन् । पोखराको मियापाटन र चिप्लेढुगाका मस्तीजमा बिहान नवाज परेका थिए ।



